समाचार

माडी घटनामा कारबाही पक्का

माडी घटनामा कारबाही पक्का

ENTER YOUR HEADLINE HERE काठमाडौं, जेठ २३  । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङले द्वन्द्वकालमा भएका गम्भीर प्रकृतिका र गैरन्यायिक घटनाका दोषीले कुनै हालतमा पनि उन्मुक्ति नपाउने बताएका छन् । सिन्धुलीमाढीमा शनिबार पत्रकारसँग गुरुङले भने, ‘गम्भीर प्रकारका अपराधमा संलग्नलाई क्षमादान दिए फेरि द्वन्द्व सिर्जना हुन्छ, गम्भीर घटनामा संलग्नलाई उन्मुक्ति दिनु हुँदैन ।

मानवअधिकारका विश्वव्यापी मान्यता तथा सन् २०१२ मा अन्तर्रा्ष्ट्रिय रेडक्रसले संयुक्त राष्ट्रसंघमा पेस गरेको नेपालको द्वन्द्वकालीन प्रतिवेदनका आधारमा काम गर्ने भएकाले त्यस्ता घटनामा संलग्नलाई कुनै हालतमा क्षमादान नहुने उनको भनाइ थियो । माडी घटना स्मृति दिवसको पूर्वसन्ध्यामा उनले भने, ‘द्वन्द्वका घटनालाई आयोगले वर्गीकरण गरेर छनबिन गर्छ ।

आयोगले दोषीलाई कारबाहीका लागि सिफारिस गर्ने भएकाले द्वन्द्व र युद्धको नियम तथा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय कानुनअनुसार कारबाही हुन्छ।’ उनले बलात्कार, यौनजन्य हिंसालगायतका गम्भीर प्रकारका र गैरन्यायिक घटनाका दोषीलाई माफी दिनै नसकिने बताए । अन्नपूर्ण पोष्ट

Explosen Madi Ghatana