समाचार

सहकारी ऐन अन्तिम चरणमा

सहकारी ऐन अन्तिम चरणमा
जेठ – २२, उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीले नयाँ सहकारी ऐन आउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । [caption id="attachment_4408" align="alignleft" width="350"]Chitra Bahadur KC Agency[/caption] काठमाडौंमा भएको एक साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री केसीले घुसखोरहरु ऐनको बिरोधमा भएपनि चाँडै ऐन संसदमा पेश हुने जानकारी दिए । उपप्रधानमन्त्री केसीले मुलुकभर रहेका ३३ हजार ६ सय सहकारी मध्ये अधिकांशले नाम र उद्देश्य छोडेर बैंकिङ कारोवार मात्र गरिरहेको आरोप लगाए । नयाँ ऐन आएपछि सहकारी भित्रका विकृती अन्त्य हुने उनले बताए । कार्यक्रममा राष्ट्रिय सहकारी सुदृढीकरण आन्दोलन दवाव समितिका अध्यक्ष तुलसादेवी रिमालले उपप्रधानमन्त्री केसीले ल्याउन लागेको ऐनलाई कालो ऐनको संज्ञा दिए । राष्ट्रिय सहकारी संघका पूर्व अध्यक्ष दिपक प्रशाद बास्कोटाले सहकारी ऐन २०४८ लाई खारेज नगरी संशोधन मात्र गर्न सरकारलाई सुझाव दिएका छन् ।

Chitra Bahadur KC