समाचार

पार्टी भित्रै मतान्तर बढेपछि नेकपा एमाले छलफलमा

पार्टी भित्रै मतान्तर बढेपछि नेकपा एमाले छलफलमा

जेठ – २२, सरकारका परिवर्तनका बिषयमा पार्टी भित्रै मतान्तर बढेपछि नेकपा एमाले छलफलमा जुटेको छ ।

पार्टीका शीर्ष नेताहरुले नै सरकार परिवर्तनका सम्बन्धमा नेकपा माओवादी केन्द्रसंग भद्र सहमति भएको भन्ने अभिव्यक्ति दिएपछि सो बिषयमा एमाले स्थायी कमिटी बैठकमा छलफल सुरु भएको छ । बैठकमा पार्टी व्यवस्थापन, प्रदेश कमिटि सल्लाहकार कमिटिको विस्तार, आगामि आर्थिक वर्षको बजेट लगायतका विषयमा छलफल भैरहेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा गम्भीर छलफल भएपछि ठोस निर्णय लिइने सचिव भट्टराईले जानकारी दिए ।