समाचार

बिहार इन्टरमिडिएट

बिहार इन्टरमिडिएट
जेठ -२२,  बिहार उच्च माध्यमिक तहको विज्ञान विषयमा सर्वोत्कृष्ट दुई विद्यार्थी रि-टेस्टमा फेल भएका छन् । फेल भएपछि भारत सरकारले सर्वोत्कृष्ट बनेका सौरभ र तेस्रो स्थान ल्याएका राहुलको नतिजा रद्द गरिदिएको छ । शनिबार साँझ करिव ५ बजे विहार विद्यालय परीक्षा समितिका अध्यक्ष लालकेश्वर प्रसाद सिंहले पत्रकार सम्मेलन गरेर रिजल्टबारे जानकारी दिए । उनीहरूले चोरी वा अर्कै मान्छेको सहयोगमा उत्कृष्ट स्थान हासिल गरेको भन्दै पुनः जाँच दिनुपरेको थियो। रुबीले अब ११ जुनमा परीक्षा बोर्ड समिति अगाडि उभिनुपर्नेछ। सरकारले सर्वोत्कृष्ट भएका भनिएका विद्यार्थी पढ्ने विशुन नारायण कलेजको मान्यता पनि रद्द गरिदिएको छ।   रुबीसहितले अचम्मलाग्दो जवाफ दिएपछि यो सार्वजनिक भएको हो। मानविकी संकायमा १२ कक्षातर्फकी सर्वोत्कृष्ट छात्रा १७ वर्षीया रुबी रायलाई राजनीति शास्त्र के हो भनेर सोधिएको थियो। उनले राजनीति शास्त्र भनेको खाना पकाउन सिकाउने शास्त्र भएको उत्तर दिएकी थिइन्।   रुबी र शौरभको अन्तरवार्ता प्रशारित भएपछि इन्टरमिडिएट टपरमाथि प्रश्न उठेको थियो । चोरेर सर्वोत्कृ्ष्ट विद्यार्थीहरु रिटेस्टमा फेल रिटेस्टमा मानविकीतर्फकी सर्वोत्कृष्ट रुबीलाई भने एक मौका परीक्षाको अवसर दिइएको छ । रुबी राय शुक्रवार आफ्नो टेस्ट दिन पुग्न सकेकी थिइनन् । छोरी नआएपछि उनका पिता पत्र लिएर पुगेका थिए । यो पत्रमा रूबी डिप्रेसनमा परेको उल्लेख गरिएको थियो । कम योग्य विद्यार्थीलाई सर्वोत्कृष्ट बनाएको विवादपछि बिहार बोर्डले उत्कृष्ट पाँचमा आएका परीक्षार्थीको अन्तर्वार्ता लिने फैसला गरेको थियो । पहिले चोरेर उत्कृष्ट विद्यार्थी फेरि जाँच दिँदै यसैगरी विज्ञानतर्फका सर्वोत्कृष्ट हुन सफल छात्र सौरभले पनि सामान्य तहको उत्तर पनि गलत दिएका थिए। उनलाई पानी र एचटुओबीच के सम्बन्ध छ भनेर सोधिएको थियो । डेढसाताअघि उच्च माध्यमिक तहको परिणाम सार्वजनिक भएपछि सर्वोत्कृष्ट विद्यार्थीलाई स्थानीय च्यानलले अन्तर्वार्ताका क्रममा यस्ता प्रश्न गरेका थिए। यो घटनाबाट बिहार सरकारको शैक्षिक नीतिमाथि आलोचना सुरु भएको थियो। बिहार सरकारले बाध्य भएर १५ लाख विद्यार्थीमध्ये उत्कृष्ट १० स्थान हासिल गरेका सबै छात्रछात्राको पुनः परीक्षा लिएको हो। बिहारका शिक्षामन्त्री अशोक चौधरीले उनीहरूको जवाफबाट आफू चकित भएको बताएका थिए। उनीहरूको परीक्षा अरू विद्यार्थीले दिएको हुनसक्ने वा उनीहरूको उत्तरपुस्तिका जाँच दिइसकेपछि साटेको हुनसक्ने बताएका थिए । ती उत्कृष्ट स्थान हासिल गर्ने आधिकांश विद्यार्थी राजधानी पटनाबाट २० किलोमिटर दूरीमा रहेको हाजीपुरस्थित विएन राय कलेजका थिए । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार टेस्ट लिन बसेका विज्ञले विज्ञानमा उत्कृष्ट विद्यार्थी सौरभ श्रेष्ठसँग क्यालकुलसको इन्टिग्रेसन बाई पार्ट्सको फर्मुला बताउन भनेका थिए । तर सौरभले जबाफ दिनुको साटो यस्तो प्रश्न नगर्न भन्दै नत्र बोर्डकै अगाडि आत्महत्या गर्ने धम्की दिएका थिए । ुपछिल्लो तीन(चार दिनदेखि मैले धेरै मानसिक तनाव झेल्नुपरेको छु, सौरभले भनेका थिए, ुअब म जबाफ दिने अवस्थामा छैन ।ु सौरभको जबाफबाट विज्ञहरु केही गरिजाने कुराले डराउन पुगेका थिए । त्यसपछि विज्ञले तुरुन्तै पानी मगाएर सौरभलाई पिलाएका थिए । सौरभको धम्कीपछि पनि बोर्डका सदस्यले उनलाई शान्त पारेर प्रश्न सोधेर बाहिर पठाएका थिए । टेस्ट लिनेमा १५ जना विज्ञमा १२ विषय विज्ञ र तीनजना अनुशानसन कमिटिका सदस्यहरु थिए । एउटा टोलीले विज्ञानका उत्कृष्टको टेस्ट लिइरहेको थियो भने अर्को टोलीले मानविकीका परीक्षार्थीको टेस्ट लिइरहेको थियो । विज्ञहरुले हरेक परीक्षार्थीसँग करिब २५ देखि ३० वटा प्रश्नसहितको एक घन्टा भन्दा लामो अन्तर्वार्ता लिएका थिए । त्यसपछि उनीहरुलाई प्रश्नको जबाफ लेख्न पनि भनिएको थियो । अन्तर्वार्ता अपरान्ह सबा १५ देखि राति १० बजेर ३० मिनेटसम्म चलेको थियो । विहारमा शैक्षिक माफिया निकै सक्रिय छन्। उनीहरूले भर्ना प्रक्रियादेखि परीक्षा दिन समेत संगठित रूपमा काम गरिरहेका छन्। गत वर्ष दसको परीक्षामा चिट चोरीको प्रसंग निकै चर्चामा आएको थियो। परीक्षा केन्द्रका झ्यालमा चढेर मानिसले चिट चोराएका दृश्य अन्तर्राष्ट्रियस्तर समाचार बनेका थिए। उक्त समाचारपछि चिट चोराउनेलाई ५ वर्ष जेल सजाय र आर्थिक जरिवानाको व्यवस्था गरिएको थियो।