समाचार

आईजीपी नफर्कदै एआईजी शाह अमेरिकातर्फ, बिज्ञान शर्मा निमित्त आईजीपी

आईजीपी नफर्कदै एआईजी शाह अमेरिकातर्फ, बिज्ञान शर्मा निमित्त आईजीपी
जेठ-२२, आईजीपी उपेन्द्रकान्त अर्याल अमेरिका भ्रमणबाट नफर्कदै एआईजी सुरेन्द्रबहादुर शाह पनि शुक्रबार अमेरिका भ्रमणमा निस्किएका छन् । अर्यालको अनुपस्थितीमा शाहले निमित्त आईजीपीको जिम्मेवारी सम्हाल्दै आएका थिए । Bigyan Sharma शाह पनि बिदेश भ्रमणमा लागेपछि एआईजी बिज्ञानराज शर्मा निमित्त आईजीपी भएका छन् । जुन ५ देखि ८ सम्म चल्ने कानुन कार्यान्वायनसम्बन्धि एक गोष्ठिमा भाग लिन शाह अमेरिका गएका हुन् । आईजीपीहरुको सम्मेलनका लागि अर्याल गत शनिबार अमेरिका गएका हुन् । उनी आइतबार फर्कदैछन् । सिनियारीटीमा एक नम्बरमा रहेका एआईजीले निमित्त पाउने भएपनि १ नम्बरमा एआईजी राजेन्द्रसिंह भण्डारीको आईजीपी अर्यालसँगको तिक्तताका कारणले शाहलाई अर्यालले निमित्तको जिम्मेवारी दिएका थिए । भण्डारी प्रहरीका कुनै पनि कार्यक्रममा सहभागी हुन छाडिसकेका छन् । पदीय आचरणविपरीत त्यसरी प्रहरीका कुनै बेठक तथा कार्यक्रममा उनी अनुपस्थित हुने गरेका छन् । तर पनि उनीमाथि कारबाही हुन सकेको छैन ।

IJP Upendrakanta Aryal Nepal Police