अर्थ समाचार

दुनियाकै महंगो स्मार्टफोन

दुनियाकै महंगो स्मार्टफोन

qYjakgT0 जेठ २२ । सुन लेपन गरेका, हिराको पत्थर जडित लाखौँ मूल्य पर्ने स्मार्टफोनका बारेमा सुन्नुभएक छ । यस्ता बहुमूल्य धातु वा पत्थर जडित फोनहरु आम प्रयोगका लागि भन्दा पनि कतिपय प्रदर्शनीकै लागि मात्र तथा कतिपय कुनै धनाढ्य व्यक्ति विशेषलाई लक्षित गर्दै बनाइएका हुन्छन् । आम प्रयोगका सामान्य फोनहरुको मूल्य भने सामान्य मानिसले पनि खरीद गर्नसक्ने स्तरको रहँदै आएको छ । तर इजरायलको एक स्टार्टअप कम्पनीले भने हालै सामान्य मानिसले आँट्न नसक्ने तर आम प्रयोगका लागि लक्षित गरी दुनियाकै अहिलेसम्मकै महंगो स्मार्टफोन बनाएको छ ।

sirin-labs-solarin-0005-970x647-c

इजरायली कम्पनी सिरिन ल्याब्सले विश्वको सबैभन्दा महंगो स्मार्टफोन सोलारिन सार्वजनिक गरेको हो । यो स्मार्टफोन एन्ड्रोइड अपरेटिंग सिस्टममा चल्ने बहुमुल्य फोन हो । यसको मूल्य १४ हजार अमेरिकी डलर अर्थात् झण्डै १५ लाख नेपाली रुपैयाँ रहेको छ । रोल्स रोयस अफ स्मार्टफोन उपमा दिइएको यो स्मार्टफोन हालै लण्डनमा आयोजित एक समारोहका बीच सार्वजनिक गरियो ।

स्मार्टफोन सार्वजनिक गर्ने कार्यक्रममा हलिउडका चर्चित कलाकारहरु लियोनार्दो डिक्याप्रियो तथा टम हार्डी लगायतका चर्चित कलाकार उपस्थित थिए ।

Smart Phone