अर्थ

अस्ट्रेलियाको ओलिभ आयल नेपालमा

अस्ट्रेलियाको ओलिभ आयल नेपालमा
Olive Oil काठमाडौं, जेठ २२ । अस्ट्रेलियाको ओलिभ आयल ब्रान्डको कम्पनी कोब्राम इस्टेटको जैतुन तेल नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता रहेको फ्रेस फुड टे«डर्स कम्पनीले सो तेल पहिलो पटक नेपाली बजारमा ल्याएको हो । कोब्राम इस्टेट ओलिभ तेल दक्षिण एसियामै पहिलो पटक नेपालबाट बिक्री वितरण सुरु गर्न थालिएको हो । जैतुन तेल विशेषगरी खाना पकाउन र शरीरमा लगाउन प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । स्वास्थ्यको दृष्टिले जैतुन तेल निकै लाभदायी मानिन्छ । खानका लागि यो तेल प्रयोग गर्नाले विभिन्न अर्बुद रोग हुन नदिने, मुटुको रोग कम गर्ने, मोटोपना घटाउने, मधुमेह न्यूनीकरण गर्ने र उच्च रक्तचाप घटाउने लगायत स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्ने कम्पनीको जिकिर छ ।

Olive Oil