समाचार

अविवाहित माओवादी नेता नारायणकाजी श्रेष्ठ ब्रम्मचारी रहेनछन् (भिडियोसहित)

अविवाहित माओवादी नेता नारायणकाजी श्रेष्ठ ब्रम्मचारी रहेनछन्  (भिडियोसहित)
Narayan-k-Shrestha-hand जेठ–२२, काठमाडौं । नेकपा माओवादी केन्द्रका अविवाहित नेता नारायणकाजी श्रेष्ठले आफु ब्रम्हचारी नरहेको खुलाशा गरेका छन् । उनले आफुलाई अविवाहितका रुपमा मात्र बुझ्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन् । उनले यौनलाई जीवनको महत्वपूर्ण अङ्गका रुपमा अर्थाएका छन् । हिमालय टेलिभिजनको साप्ताहिक कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलले यौन अनुभव बारे सोधेको प्रश्नमा अविवाहित नेता श्रेष्ठ केही बेर रोकिएका थिए । त्यसपछि उनले आफुले ब्रम्हचार्य धारण नगरेको जनाए । यौन व्यक्तिगत विषय भएकाले सार्वजनिकरुपमा धेरै भन्न नसक्ने उनको भनाइ थियो । माओवादी आन्दोलनमा बिबाहपूर्वको यौनसम्बन्धलाई सांस्कृतिक बिचलनका रुपमा लिइने हुंदा नेता श्रेष्ठको अभिव्यक्तिले तरंग ल्याउने ठानिएको छ । उनले आफुलाई पार्टी अध्यक्ष प्रचण्ड र उनकी श्रीमती सिता दाहालबाट बिबाहका लागि दबाब आएको पनि स्पष्ट गरे । उनले भने,‘ मलाई अध्यक्ष कमरेड प्रचण्ड, भाउजु सितालगायतबाट बिबाहका लागि दबाब आउने गर्छ । पहिले धेरै आउथ्यो । मैले बिहे नगर्ने स्पष्ट बताएपछि अहिले आउन छोडेको छ ।’ उनले कहिल्यै बिवाह नगर्ने जनाए । श्रेष्ठले बिहे नगरेकोमा कहिलेकाहीं थकथकी लाग्ने गरेकोपनि खुलाए । आफ्नो एकलबासका बारे प्रष्टाउंदै उनले भने ‘बुढेशकालको साहारा भन्छन्, कहिलेकाहीं के हुने हो भनेजस्तो लाग्छ ।’ राजनीतिक प्रसंगमा कुरा गर्दै नेता श्रेष्ठले नेकपा एमालेसंग सरकार परिवर्तनका बारेमा भएको भनिएको भद्र सहमतिबारेको चर्चालाई अनावश्यक भनि टिप्पणी गरेका छन्, ‘भद्र सहमति भएपनि बजेट पारित भएपछि कार्यान्वयन हुने हो, अहिले बहश गर्ने विषय होइन । सहमति भए नभएको अध्यक्ष प्रचण्डले भन्ने कुरा हो ।’ माओवादी केन्द्रमा बरियताको विवाद बद्नियतपूर्ण ढंगले निम्त्याइएको भन्दै उनले रोष प्रकट गरे । माओवादी केन्द्रको प्रचण्डपछिको दोस्रो बरियतामा आफु र तेस्रोमा रामबहादुर थापा रहने गरी विवाद हल भइसकेको उनको भनाइ छ । उनीसंगको यक्ष प्रश्न तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ ।

Narayan Kaji Shrestha