समाचार

उपराष्ट्रपति जेठ २८ मा चीन जाने

उपराष्ट्रपति जेठ २८ मा चीन जाने
Nanda काठमाडौं, जेठ २२ उपराष्ट्रपति नन्दबहादुर पुन आगामी साता चीन भ्रमणमा जाने भएका छन् । युनान प्रान्तको कुन्मिङमा ३० गतेदेखि सुरु हुने ‘चौथो चाइना—साउथ एसिया एक्स्पो’ तथा ‘२४ औं चाइना एक्स्पोर्ट तथा इम्पोर्ट फेयर’ मा सहभागी हुन उपराष्ट्रपति पुन जेठ २८ गते त्यसतर्फ जान लागेको हुन् । भ्रमणदलमा उपराष्ट्रपतिको सचिवालयका पदाधिकारी १४ जना र परराष्ट्रका तीन अधिकारी गरी १७ जना रहनेछन् । उनको भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छैन । ‘भ्रमणमा जाने निश्चित भइसकेको छ । तर मन्त्रिपरिषद्बाट स्वीकृत हुन बाँकी छ । सोमबारको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्छ होला’, उपराष्ट्रपतिका प्रेस सहयोगी मनोज घर्तीले भने । अन्नपूर्णपोष्ट

Uparastapani Vice president of Nepal