समाचार

न्यायाधीश सिफारिस प्रकरणमा अन्ततः दर्ता भयो रिट

न्यायाधीश सिफारिस प्रकरणमा अन्ततः दर्ता भयो रिट
Karki काठमाडौं, जेठ २२ । न्यायाधीश सिफरिस विवादमा न्यायाधीश वैद्यनाथ उपाध्यायको आदेशपछि दर्ता गरिएको रिटमाथि आइतबार सुनुवाइ हुने भएको छ । तर, न्याय परिषद्विरुद्धको उक्त रिटलाई कामु प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा राखे बहस गर्न असमर्थ हुने रिट निवेदक पूर्णचन्द्र पौडेलले बताएपछि यो प्रकरण थप विवादित बनेको छ । परिषदमा आफैं निर्णयमा संलग्न भएको विषयमा परेको रिटमा कामु प्रधानन्यायाधीश कार्कीले सुनुवाइ गर्न मिल्दैन । त्यस्तो भयो भने ‘प्रिजुरिस्ट माइन्ड’ को प्रश्न उठ्छ’, रिट निवेदक पौडेलले भने, ‘त्यस्तो भएमा हामी बहस गर्दैनौं । सबै मिलेर न्यायालयको गरिमा र प्रतिष्ठा बचाउनुपर्छ भनेर भन्छौं ।’ न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले ‘न्यायको याचना सुन्दिन भन्न नमिल्ने’ उल्लेख गर्दै यसअघि दरपीठमार्फत फिर्ता गरिएको रिट दर्ता गर्ने बाटो बुधबार खुला गरेको थियो । न्याय परिषदविरुद्ध दायर उक्त रिट यसअघि सर्वोच्चकै रजिस्ट्रार श्रीकान्त पौडेलद्वारा दरपीठमार्फत फिर्ता गरिएको थियो । रिट दर्ता नहुने प्रशासनको निर्णयविरुद्ध पौडेलले पुनः अर्को निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उपाध्यायको इजलासले दरपीठ आदेशलाई उल्ट्याएको हो । ‘रिट दर्ता भएको छ । आइतबार सुनुवाइका लागि पेसी राखिएको छ’, । अन्नपुर्ण पोष्ट दैनिक