समाचार

अम्बर गुरुङकाे स्वास्थ्य अवस्था बुझ्न संचारमन्त्री रार्इ ग्रान्डी अस्‍पतालमा

अम्बर गुरुङकाे स्वास्थ्य अवस्था बुझ्न संचारमन्त्री रार्इ ग्रान्डी अस्‍पतालमा
ambaer Burung काठमाडौं, २१ जेठ वरिष्ठ संगीतकार अम्बर गुरुङ गम्भीर बिरामी भई धापासीस्थित ग्राण्डी अस्पतालका भेन्टिलेटरमा उपचार  गराइरहेका छन् । गुरुङका छोरा राजुले बुबाको स्वास्थ्यमा एकाएक समस्या देखिएपछि गएराती साढे एक बजेदेखि भेन्टिलेटरमा सारिएको जानकारी दिए  । गुरुङको फोक्सोमा पानी जमेको कारणले श्वासप्रश्वासमा समस्या देखिएको चिकित्सकको भनाई रहेको छोराले बताए । राष्ट्रिय गानका संगीतकारसमेत रहेका गुरुङ लामो समयदेखि अस्वस्थ्य थिए । गुरुङको स्वास्थ्य अवस्था बुझ्न सूचना तथा सञ्चारमन्त्री शेरधन राई अस्पताल पुगेका छन् । अस्पतालको प्राङ्गणमा अपरान्ह ५ बजे स्वास्थ्य लाभको कामना गर्दै प्राथना सभा राखिने कार्यक्रम रहेको कुरा साहित्यकार प्रकाश सायमीले नेपाल आजलाई बताए ।

Amar Gurung Nepali Musician