समाचार

तीन किलो चरेस सहित पक्राउ

तीन किलो चरेस सहित पक्राउ
काठमाडौं, जेठ २१ । प्रहरीले काठमाडौंको बालाजु बाइपासबाट ३ किलो ५ सय ग्राम चरेससहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले यात्रुबाहक बसमा कपडाको झोलाभित्र राखिएको अवस्थामा बाइपासबाट नारायण खनाललाई चरेस सहित पक्राउ गरेको हो । स्थायी घर दैलेख भएका खनाल चरेस भरिया भएको अनुसन्धानको क्रममा खुलेको सोह्रखुट्टेका प्रहरी प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । मकवानपुरमा बनेको उक्त चरेस काठमाडौं बजारलाई लक्षित गरेर भित्र्याइएको खुलेको छ । मकवानपुरमा उत्पादित गाँजालाई त्यही चरेस बनाएर काठमाडौं र भारत पठाउने गरिएको छ । यो कारोबारमा संलग्न रहेकाहरुको खोजी गरिराखिएको राठौरले बताए ।