समाचार

चिनिया सैन्य उपप्रमुख नेपाल आँउदैं

चिनिया सैन्य उपप्रमुख नेपाल आँउदैं

sun-admiral (1) काठमाडौं जेठ, २१ । चिनियाँ सेनाको केन्द्रीय सैन्य आयोगका उपप्रमुख नेपाल आउने भएका छन् । उपप्रमुख एडमिरल सुन जिएन्गोउ यही जेठ २४ मा नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

जेठ २७ सम्म नेपाल रहँदा सुनले उपप्रधान तथा रक्षामन्त्री भीम रावल, रक्षा सचिव, प्रधानसेनापतिलगातसँग भेट गर्ने कार्यक्रम रहेको छ ।उनी लुम्बिनीस्थित तिलौराकोटको भ्रमणमा समते जाने कार्यक्रम रहेको छ ।

China