समाचार

पहिरोमा जीप तछाड मछाड

पहिरोमा जीप तछाड मछाड
Jeep काठमाडौं, जेठ २१ । वर्षा सुरु हुनै लाग्दा जिप लिएर मनाङ जाने चालकलाई यतिखेर भ्याइनभ्याई छ । लमजुङ बेंसीसहरबाट सदरमुकाम चामे हुँदै अन्तिम गाविस खाङसारसम्म पुग्ने जिपको लर्को छ । बाँदर लड्ने भीर–पहरामा गाडी चलाउनुपरे पनि चालकहरू खुसी छन् । किनकि, कमाइ मनग्य छ । जाँदा दैनिक उपभोग्य वस्तु र अन्य सामान लैजान्छन् भने फर्कंदा विदेशी पर्यटक पाउँछन् । बेंसीसहर–चामे सडकमा दैनिक ६० देखि सय हाराहारीमा साना सवारी आवतजावत गर्छन् । सडकमा पर्ने तिमाङ, म्यादी र क्याम्पे जस्ता खतरनाक पहरा काटेर बनाएको सडकमा गाडी गुडाउने आँटिला चालकको कमाइ पनि राम्रै भइरहेको छ । आर्थिक वर्षको अन्त्य हुन लागेकाले विकास आयोजनाका निर्माण सामग्री ढुवानी गर्न पनि उपभोक्ता समिति र ठेकेदारलाई चटारो छ । कान्तिपुर दैनिक