विचित्र विश्व

रक्सीकै तालमा साँसदमा जवाफ दिदा गृहमन्त्री पद नै चुलुम

रक्सीकै तालमा साँसदमा जवाफ दिदा गृहमन्त्री पद नै चुलुम
एजेन्सी उच्च ओहोदामा पुगेर पनि आफ्नो ओहोदा वा पदको मर्यादा कायम राख्न नसक्ने मन्त्री बर्खास्तीमा परेका छन् । यो दुनियामा यस्ता मन्त्रीहरु पनि हुँदा रहेछन् जो टन्न रक्सी खाएर संसदमा पुग्दछन् र सांसदहरुले सरकारका कामकारवाही बारेमा उठाएका प्रश्नको जवाफ रक्सीकै तालमा दिन्छन् । samsad yajensi घटना तान्जानियाको हो । रक्सी धोकेर संसदमा गई रक्सीकै तालमा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिएको आरोपमा त्यहाँका राष्ट्रपतिले गृहमन्त्रीलाई बर्खास्त गरेका छन् । भ्रष्टाचार तथा असक्षमतालाई परास्त गर्ने भन्दै गत नोभेम्बरमा सत्ता सम्हालेका राष्ष्ट्रपति जोन म्यागुफुलीले सरकारका उच्च अधिकारीहरुलाई एकपछि अर्को गर्दै बर्खास्त गर्ने श्रृंखला गृहमन्त्रीसम्म आइपुगेको छ । भ्रष्टाचारको आरोपमा अहिलेसम्म धेरै वरिष्ठ सरकारी अधिकारीहरुलाई उनले बर्खास्त गरिसकेका छन् भने सरकारको खर्च घटाउनकालागि सरकारले क्रिसमस कार्ड छापेर बाँड्ने चलन पनि हटाएका छन् । राष्ट्रपतिको निकटका व्यक्ति मानिने गृहमन्त्री चाल्र्स किटवांगाको बर्खास्तगीलाई धेरैले आश्चर्यको रुपमा लिएका छन् । राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तीमा गृहमन्त्री किटवांगा रक्सी पिएर संसदमा पुगेको र गृह मन्त्रालयका बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ पनि रक्सीकै तालमा दिएको हुँदा उनलाई बर्खास्त गरिएको उल्लेख छ । यो घटना कहिले भएको हो ? भन्ने चाहीँ खुलाइएको छैन ।

anautho dunioya