समाचार

दाङमा प्रहरीको विशेष अभियान शुरु

दाङमा  प्रहरीको विशेष अभियान शुरु
रेखा मगर दाङ, २० जेठ जिल्ला प्रहरी कार्यालय दाङले जनतालाइ शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन भन्दै विशेष अभियान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले ट्राफिक प्रहरी, वडा प्रहरीसंग समन्वय गर्दै गुण्डागर्दी, ट्राफिक लापरवाही, फिरौती असुल्ने, मादकपदार्थ सेवन गरी सवारी चलाउने र होहल्ला गर्ने जस्ता गतिविधि निरुत्साहित गर्न विशेष अप्रेशन थालेको हो । nepal police1   जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी प्रकाशराज शर्माको कमाण्डमा शुरु गरिएको अभियान अहिले नगर क्षेत्रमा केन्द्रित रहेको छ । जिल्लाको सुरक्षा व्यवस्थालाई त्रुटिरहित, भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन यहि १७ गतेदेखि यो अभियान शुरु गरिएको प्रवक्ता शर्माले बताए  । ट्राफिक चेकिङ अन्तर्गत सवारी चेकजाँच, मापसे चेकजाँच, अवैध सवारी साधन नियन्त्रणमा लिने काम गरिरहेको छ । यस्तै, चोरी, असुरक्षालाइ केन्द्रित गरी नगर क्षेत्रमा युनिफर्मसहितको प्रहरी, सादा पोशाकको प्रहरी, पैदलगस्ती, मोटरसाइकल र गाडीमा प्रहरीले गस्ती गर्दै आएको उनले जानकारी दिए । अभियान अन्तर्गत वेलुकी ६ वजेदेखि प्रहरीले आफ्नो गस्ती शुरु गरेको छ ।।

Nepal Police