समाचार

प्रधानमन्त्री पद छोड भनी हप्काँउदैमा छोडने पद हो र ? -प्रधानमन्त्री ओली

प्रधानमन्त्री पद छोड भनी हप्काँउदैमा छोडने पद हो र ? -प्रधानमन्त्री ओली
काठमाडौँ २० जेठ  प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले तत्काल ‘प्रधानमन्त्री पद छाड’ भनेर हप्काउँदै र तर्साउन खोज्दैमा आफू प्रधानमन्त्रीबाट नहट्ने बताएका छन् । KP OLi आजदेखि  सुरु भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्रम पद छाड्दा देश र जनताको भलो हुन्छ, समस्या एकाएक सबै हल हुन्छन् भने आफूलाई कुर्सीमोह छैन भने। म जन्मदा प्रम नै भएर नजन्मेको र मर्दा पनि प्रमपद लिएर जाने होइन, देश र जनताको सेवा गरेका कारण प्रम भएको हुँ, अहिले मलाई कमाउनु छैन, भ्रष्टाचार पनि गर्नुछैन, देश बनाउने समय पाएको छु, जतिदिन प्रम हुन्छु २४ सै घन्टा देश विकासमा लाग्छु उनले भने । प्रम ओली आफू अति अप्ठ्यारो अवस्थामा प्रमपद सम्हालेको चर्चा गर्दै तराईको आन्दोलन सेलाउँदै गएको र आर्थिक समृद्धिको बाटोमा मुलुक लम्किन लागेको बताए ।

sarkar pariwartan bare pm