विदेश

युनिभर्सिटी अफ क्यालिफोनियामा गोलाबारी, दुईको मृत्यु

युनिभर्सिटी अफ क्यालिफोनियामा गोलाबारी, दुईको मृत्यु
जेठ २० । अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोनिया लस एन्जेलसमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका छन् । गोलीबारी हुँदा बन्दुकधारी सहित दुईजना मारिएका छन् । california__624x351_afp प्रहरीले बताएअनुसार अहिले युनिभर्सिटीमा कोही बन्दुकधरी नभएको पुष्टि भएको छ । गोलीबारीपछि युनिभर्सिटी बन्द भएपनि अहिले खुल्ला गरिएको बिबिसिले बताएको छ । दुईवटा लास इजिनियरिंग विभागको छतमा भेटिएको छ । त्यसको अहिलेसम्म कुनै पहिचान हुन सकेको छैन । लस एन्जेलसका प्रहरी प्रमुखले बताएअनुसार घटना स्थलबाट बन्दुक बरामद भएको छ । उक्त युनिभर्सिटीमा ४३,००० छात्र पढ्दै आएका थिए । युनिभर्सिटीले एकदिनको लागि कक्षा बन्द गरेको छ ।