मनोरञ्जन

रितेश र जेनिलिया फेरि ड्याड्–मम्

रितेश र जेनिलिया फेरि ड्याड्–मम्

बलिउडका उदाहरणीय दम्पति रितेश देशमुख र जेनिलिया डिसुजा दास्रो पटक आमाबाबु बनेका छन् । यी दम्पतिलाई फेरि पनि पुत्र लाभ भएको छ ।

 

करिब एक दशकसम्म डेटिंग गरेपछि यी दुई सन् २०१२ मा वैवाहिक जीवनमा बाँधिएका थिए ।रितेशले ट्वीटरमा उनको छोरो रियानको फोटो हालेर लेखेका छन् स् ‘हाइ गाइज् मेरो मम्–ड्याड्ले मलाइ भर्खरै सानो भाइ गिफ्ट गर्नु भएको छ । अब मेरा सारा खेलौना उसैको हुने भए ।’

 

भारतका चर्चित कलाकारकर्मीहरु अमिताभ बच्चन ,फराह खान, करण जोहर तथा सिद्धार्थ मलहोत्रा लगायतले उनीहरुलाई सामाजीक सञ्जाल मार्फत बधाई दिएका छन् । जेनिलिया दक्षिण भारतीय फिल्महरुमा स्थापित भइसकेकी कलालकर हुन् । उनीहरुको लभ स्टोरी पनि एक फिल्मी कहानी जस्तै थियो । विवाहपश्चात परिवारीक जिम्मेवारी बोक्दै आएका यी जोडी फिल्मी दुनिँयामा भने धेरै समय रम्न सकेनन् । एजेन्सीको सहयोगमा ः कन्चन न्यौपाने

bollywood Genelia Rithesh Deshmukh