समाचार

पत्रकार शालिकराम शर्माको निधन

पत्रकार शालिकराम शर्माको निधन
1जेठ २० । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको निधन भएको छ । ब्लड क्यानसरवाट पिडित शर्माको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारको क्रममा ५२ वर्षको उमेरमा निधन भएको हो । विगत दुई दशक देखि दाङ र सल्यानमा रहेर पत्रकारिता गरेका शर्मा सामुदायिक रेडियो प्रसारक संघका लेखासमिति सदस्य, रेडियो शारदा एफएमका अध्यक्ष, सल्यानी सन्देश राष्ट्रिय साप्ताहिकका प्रधानसम्पादक तथा प्रकाशक रहँदै आएका थिए । शर्माका श्रीमती, ३ छोरी रहेका छन् । शर्माको आजै पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने छ ।

Sharma Ko Nidhan