समाचार

यो वर्ष मनुसुन सुखद हुने संकेत

यो वर्ष मनुसुन सुखद हुने संकेत
12 काठमाडौं, जेठ २०, यो वर्षको मनसुनमा गत वर्षभन्दा बढी वर्षा हुने विज्ञहरूले बताएका छन् । मनसुन अवधिमा पूर्वमा भन्दा पश्चिममा बढी वर्षा हुने पनि मौसमविद्हरूको प्रक्षेपण छ । पूर्वी क्षेत्रमा भन्दा सुदूरपश्चिममा औसतभन्दा बढी मनसुनी वर्षा हुने अनुमान छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अरु ठाउँमा सरदरमा जति वर्षा हुने हो त्यही अनुपातमा हुने देखिन्छ । पूर्वका केही पहाडी र तराईका जिल्लामा भने औसतभन्दा पनि कम वर्षा हुने मौसमविदको भनाइ छ । लामो समयदेखिको खडेरी हटदै गइरहेको र पूर्वतिर अझै त्यो हट्न समय लाग्ने भएकाले त्यसको असर पूर्वी क्षेत्रको मनसुनमा देखा पर्ने श्रेष्ठले बताए । कान्तिपुर दैनिक

Meterology Nepal