समाचार

प्रधानमन्त्री ओलीले गरे अर्को नयाँ घोषणा

प्रधानमन्त्री ओलीले गरे अर्को नयाँ घोषणा
काठमाडौं, १९ जेठ । प्रधानमन्त्री केपी ओलीले एक वर्षभित्र सुकुम्बासीको समस्या समाधान गर्ने घोषणा गरेका छन् ।सरकारी निवाश बालुवाटारमा राष्ट्रिय भूमि अधिकार मञ्चको प्रतिनिधिमण्डलको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले एक वर्षभित्र भूमिहीन सुकुम्वासी, हरुवा चरुवा र आवास विहिनका समस्या समाधान गर्ने बताएका हुन् । KP OLi भेटमा प्रधानमन्त्री ओलीले यस सम्बन्धमा तत्काल अध्ययन थाल्न सल्लाहकार विष्णु रिमाललाई आग्रह गरेका थिए ।भेटका क्रममा प्रधानमन्त्री ओलीले बजेट कार्यन्वयन हुन सके देशले दश वर्षमा फड्को मार्ने बताउँदै बजेट कार्यान्वयनका लागि सुकुम्वासी तथा भूमिहीन लगायतका सम्पूर्ण जनताले सहयोगका लागि अपिल गरेका थिए । मञ्चले नेपालमा आठ लाख ६१ हजार तीन सय १७ जनाले सुकुम्बासी दाबी गरेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएको थियो ।

pm oli naya ghoshana