समाचार

निःशुल्क डायलाइसिस सुविधा पाएकाले प्रधानमन्त्रीलार्इ अाभार प्रकट

निःशुल्क डायलाइसिस सुविधा पाएकाले प्रधानमन्त्रीलार्इ अाभार प्रकट

१९ जेठ । मिर्गौला पीडितले डायलाइसिस उपचार निःशुल्क गराइदिएकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आज धन्यवाद दिएका छन् । kidny

आगामी आर्थिक वर्षको बजेटमा मिर्गौला रोगीको डायलाइसिस निःशुल्क बनाएको खुसियालीमा प्रधानमन्त्री ओलीलाई आभार प्रकट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले उपचारका सम्भावना हुँदाहुँदै कसैले पनि उपचार नपाएर मर्नु नपरोस् भन्ने आफ्नो चाहना रहेको बताए ।

उनले भने, ‘‘उपचारको विधि हुँदाहुँदै कसैले पनि रकम अभावमा मर्नु नपरोस् भन्ने उद्देश्यले मिर्गौला पीडितलाई राहत दिन खोजिएको हो ।’’ 

पीडितको तर्फबाट साहित्यकार दाहाल यज्ञनिधिले आभारपत्र पढेर सुनाउँदै डायलाइसिसकै अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अब पीडितहरुलाई नरहेको बताउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । रासस

Morgaula Nepal aaja Nisulka