समाचार

भूकम्प पीडित आठ हजार बालबालिकालाई सहयोग

भूकम्प पीडित आठ हजार बालबालिकालाई सहयोग

काठमाडौँ, १९ जेठ । सरकारले हालसम्म भूकम्प पीडित आठ हजार १७७ बालबालिकालाई राहत सहयोग वितरण गरेको छ । [caption id="attachment_3382" align="alignnone" width="750"]2D2M9561 तस्विर गगन थापा । नेपाल आज[/caption] चालु आवको आठ महिनामा भूकम्पबाट प्रभावित १४ जिल्लाका छ हजार ३७५ बालबालिकालाई रू पाँच हजारको दरले र एक हजार ८०२ जनालाई रू चार हजारको दरले राहत वितरण गरिएको हो । भूकम्पबाट प्रभावित बालबालिकाको सङ्ख्या करिब ४० हजार ३६ रहेको आव २०७२÷७३ को आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । सरकारले चालु आवको आठ महिनासम्म काठमाडौँ उपत्यकाका २०० जना सडक बालबालिकाको उद्धार, संरक्षण र व्यवस्थापन गर्न ‘सडक बालबालिका उद्धार, संरक्षण तथा व्यवस्थापन मार्गदर्शन’ लागू गरी सम्बन्धित सरकारी तथा गैरसरकारी संस्थाको सहकार्यमा अगाडि बढाउन दश संस्था छनोट समेत गरेको छ । त्यसैगरी केन्द्रिय बालकल्याण समितिका अनुसार बेवारिसे र हेरचाह तथा संरक्षणको आवश्कता भएका बालबालिकाको निम्ति हालसम्म ४४ जिल्लामा सञ्चालनमा रहेका ५७७ बालगृहमा रहेका सात हजार ९८९ बालिका र आठ हजार ४११ बालक संरक्षित रहेका छन् । कूल १९७ बालक र १३९ बालिकालाई परिवारमा पुनर्मिलन गारइएको छ भने ७७ बालबालिकालाई यस अवधिमा बालगृहमा राखिएको छ । यस्तै सरकारले बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि देशभरी २२ हजार ४५७ बाल क्लब गठन गरी सञ्चालनमा सहजीकरण गरेको छ । ती बाल क्लबमा चार लाख ३१ हजार ९६० सक्रिय रूपमा आबद्ध छन् । चालु आवमा बाल हेल्प लाइन नं. १०९८ को सहायताबाट हालसम्म जोखिमपूर्ण अवस्थामा रहेका एक हजार २४१ बालकालिकाको आपतकालीन उद्धार गरी राहत उपलब्ध गराइको सर्वेक्षणमा उल्लेख छ । रासस

Bhukampa Child help Earthquake in nepal Nepal aaja