समाचार

काठमाडाैँकाे थानकोटमा पोसाकसहितका भारतीय प्रहरी पक्राउ

काठमाडाैँकाे थानकोटमा पोसाकसहितका भारतीय प्रहरी पक्राउ
काठमाडौं १ जेठ पोसाकसहित दुई भारतीय प्रहरी नेपालको राजधानी काठमाडौं प्रवेश गरेका छन् । उनीहरुलाई थानकोटबाट प्रहरीले पक्राउ गरेको छ । एक भारतीय अधिकारीको सुरक्षार्थ पोसकसहित नेपाल आएका उनीहरुलाई प्रहरीले पक्राउ पछि सादा पोसाक लगाएर मात्र डुल्न निर्देशन दिएको छ । varatiya भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका दुई भारतीय प्रहरीहरु खुलेआम नेपालको राजधानी छिर्नेक्रममा पक्राउ परेका हुन् । ‘भारतीय मेजिस्टेष्टको सुरक्षार्थ खटिएका रहेछन् । पछि उनीहरुलाई पोसाक नलगाइकन सुरक्षार्थ खटिन निर्देशन दिएका छौं,ु महानगरीय प्रहरी कार्यालयका एक उच्च अधिकृतले भने । प्रहरी परिसरका प्रमुख एसएसपी विक्रम थापाले सामान्य भएको भन्दै भारतीय पोसाकका प्रहरी नेपाल प्रवेश गरेको विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् ।