पर्यटन

एकहजार ४३२ आरोहीले वशन्त ऋतुमा हिमाल आरोहणका लागि प्रस्थान गरे

एकहजार ४३२ आरोहीले वशन्त ऋतुमा हिमाल आरोहणका लागि  प्रस्थान गरे
काठमाडौं  पर्यटनको दरिलो आधार मानिने मुलुकको पर्वतीय पर्यटनले आशातित नतिजा दिन थालेको छ ।भूकम्प र नाकाबन्दीले थलिएको पर्यटन क्षेत्र सामान्य अवस्थामा फर्कदैँ गरेको सन्दर्भमा हिमाल आरोहणको उत्साहजनक नतिजाले पर्यटन क्षेत्रमा आसाका किरण देखिएका हुन् । यो मौसम पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ । प्राकृतिक विपत्तिको सामना बेहोरेको साहसिक पर्वतीय पर्यटन अहिले निकै उत्साहजनक देखिएको छ । mount पर्यटन विभाग, पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार वसन्त ऋतुको यो मौसममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न देशका ९७ समूह ९टीम०का एकहजार ४३२ आरोही गएका छन् । तीमध्ये सगरमाथा आरोहणका लागि मात्र ३४ टिम गएका छन् । त्यस्तै अन्नपूर्णमा तीन, मनास्लुमा ११, मकालुमा पाँच वाटा टिम आरोहणका लागि गएका छन् । सन् २०१५ मा १०३ टिमका एक हजार ४९६ आरोहीले आरोहण अनुमति लिएका थिए । हिमाल आरोहणबाट रु २९ करोड राजस्व सङ्कलन भएको छ । गत वर्ष यही मौसममा रु २९ करोड १६ लाख राजस्व सङ्कलन भएको थियो । पर्यटन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले तुलनात्मक रुपमा यस वर्षको आरोहण नतिजाले उत्साहजनक प्रगति भएको बताएका छन  । “गत वर्ष आरोहण रद्द गरेका टोलीलाई सरकारले दुई वर्षका लागि छुट दिएकाले राजस्वमा केही कमी आएको हो । यस वर्ष गत वर्ष भन्दा ६४ जना आरोही घटेका छन्,”–उनले भने ।सन् २०१४ मा सगरमाथा आधार शिविर क्षेत्रमा आएको हिमपहिरोका कारण आरोहण रद्द भएको थियो । सरकारले सगरमाथासहितका ४७६ वटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ । सरकारले सन् २०१८ लाई पर्यटन भ्रमण वर्ष घोषणा गरी १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ आव २०७३र७४ को नीति तथा कार्यक्रम घोषणा गरेको छ ।आइतबार व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले पर्वतीय पर्यटनलाई सुरक्षित तुल्याउने, पदयात्रा पर्यटन प्रवद्र्धन तथा मुलुकको हवाई क्षेत्रलाई व्यवस्थित र प्रभावकारी बनाउने योजना अघि सारेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सरकारले २०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने निर्णय गरेसँगै पर्यटन क्षेत्रमा सकारात्मक उत्साह छाएको छ । प्राकृतिक र मानवसिर्जित विपत्तिमा परेको समग्र पर्यटन क्षेत्रले गतिलिने अनुमान गरिएको छ ।

ADVERTISEMENT