समाचार

गहुँको उत्पादन घट्यो के खाने कृषकले

गहुँको उत्पादन घट्यो के खाने कृषकले
पाल्पा, ३१ वैशाख पाल्पा यस बर्ष गहुँकाे उत्पादन घटेका कारण कृषकहरू चिन्तीत छन  । जिल्लामा प्रमुख खेतिका रूपमा रहेकाे गहुँ खेतीमा गिराअाेट अाएकाे छ । भने कृषकहरूलाइ बे खाने भन्ने चिन्ता बडेकाे छ ।  जिल्लामा यसवर्ष तीन हजार १०० मेट्रिक टन गहुँको उत्पादन घटेको छ । गहु यस वर्ष ६ हजार २४० हेक्टर क्षेत्रफलमा १२ हजार ७४४ मेट्रिक टन गहुँ उत्पादन भएको छ भने गत वर्ष सोही क्षेत्रफलमा १३ हजार ८५३ मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालले जानकारी दिए  । गत वर्षको उत्पादकत्व प्रति हेक्टर २ दशमलव २ र यस वर्ष २ दशमलव १ रहेको छ । समयमै पानी नपर्नु तथा बीउमा उम्रने शक्ति कम भएका कारणले गहुँको उत्पादन घटेको वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र कोइरालाको भनाइ छ । परम्परागत रुपमा पुरानो स्थानीय जातको बीउ प्रयोग गर्दै आएका किसानले जिल्ला कृषि विकास कार्यालयले सिफारिस गरेका उन्नत जातको बीउ गौतम, डब्लु के १२०४, भृकुटी लगायतको प्रयोग गर्दै आएका छन् । जिल्लाको रामपुर फाँट, माडी फाँट, गाडाँकोट, खालिवन, दर्छा, गेझा, हुगीलगायत ठाउँमा गहुँखेती गरिन्छ । रासस