मनोरञ्जन समाचार

नायिका श्वेता खड्काले पुर्नविवाहका बारेमा मुख खोलिन्

नायिका श्वेता खड्काले पुर्नविवाहका बारेमा मुख खोलिन्

विवाह गरेको दुई महिनामै रंगिन दुनियांकी श्वेता खड्काको जीबन श्यामस्वेत बन्यो । नेपाली दर्शकमाझ गहिरो छाप पारेका श्रीकृष्णसंग विवाहबन्धनमा बांधिएकी श्वेता दुई महिनामै एक्ली भइन् । अहिले श्वेता पीडा लुकाएर जीबनलाई रंगिन बनाउने प्रयासमा छिन् । बुबाआमासंग बालाजुमा बस्दै आएकी श्वेता सकेसम्म व्यस्त हुंने प्रयासमा छिन् ।

राजधानीमा उनका पांचवटा नयां क्याफे संचालनमा आउंदैछन् । अहिले क्याफेको तयारीमा उनी व्यस्त छिन् । उनको पूरानो अफिस छंदैछ । बालुवाटारस्थित कन्ट्रक्सन इन्जिनियरि कम्पनीमा उनी ६ वर्षदेखि अध्यक्ष छिन् । २५ जनालाई रोजगारी दिएकी छिन् । उनलाई आफ्नै जीबन चलचित्रको कथाजस्तो लाग्छ । बेलाबेला उनी गाडी लिएर घुम्न निस्किन्छिन् । बिबाहका बारेमा अहिले केही सोचेकी छैनन् । उनको एउटै लक्ष्य हो खुशी । खुशी एक्लै हुंदा पाइएला वा पुर्नविवाहबाट ? भविश्यमा थाहा हुने श्वेता बताउछिन् । (साप्ताहिकबाट)