समाचार

नेकपा माओवादीले नेपाल बन्द गर्ने

नेकपा माओवादीले नेपाल बन्द गर्ने
Netra_Bikram_Chand_Biplav काठमाडौं जेठ १७ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले देशका विभिन्न भागबाट पक्राउ परेका आफ्ना नेता–कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेको छ । प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा सोमबार जारी विज्ञप्तिमा नेपाल बन्दलगायतको संघर्षका कार्यक्रम सार्वजनिक गरिएको छ । विप्लव माओवादीले २१ जेठमा मेची, पश्चिम ताम्सालिङ चितवन, धादिङ, नुवाकोट, रसुवा र कर्णाली ब्युरोहरु बन्द र २७ जेठमा नेपाल बन्दको घोषणा गरेको हो । नेपाली जनताको जनवादी राजनीतिक अधिकार तथा जनजीविकाको पक्षमा संघर्ष गर्दा आफ्ना नेता–कार्यकर्ता पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ । झापा जिल्ला पार्टी सचिव बाबुराम राई, जिल्ला सदस्यहरु चमनलाल माझी र पुष्प अधिकारी, झापा जिल्लाका विद्यार्थी नेता नवीन अधिकारी, जुम्ला जिल्ला पार्टी सदस्य तथा जिल्ला जनपरिषद् प्रमुख रामप्रसाद शर्मा, धादिङ जिल्ला पार्टी सदस्यहश्र कृष्ण खतिवडा र हरिशरण नेपाललाई पक्राउ गरी जेलमा राखिएको माओवादीले जनाएको छ ।

Biplab Maoist