पर्यटन

लाङटाङ हाफ म्याराथन सम्पन्न पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित

लाङटाङ हाफ म्याराथन सम्पन्न पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित
एसोसिएसन अफ नेपाल टानले आयोजना गरेको गोसाईंकुण्ड–धुन्चे हाफ म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ ।प्रतियोगितामा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणका अमल्दार भरत खत्री प्रथम भएका छन् । [caption id="attachment_3261" align="alignnone" width="640"]lantang   marathan फोटो पर्यटन न्युज[/caption] गोसाईंकुण्डबाट धुन्चेसम्म २१ किमी दूरी एक घण्टा २२ मिनेट ५५ सेकेण्डमा पार गरेका थिए भने महिलातर्फ रसुवा लहरेपौवा–८ गोम्बुडाँडा की २१ वर्षीया फूलमायाँ स्याङवाले दुई घण्टा २ मिनेट २६ सेकेण्डमा निर्धारित दूरी पार गरी प्रथम भएकी छन् । यस्तै, पुरुषतर्फ नेपाली सेनाकै रामवाण गुल्मका होमलाल श्रेष्ठ द्वितीय र जुम्ला महावैपाथरखोला–९ का गोविन्दप्रसाद अधिकारी तृतीय भए । महिलातर्फ सिन्धुपाल्चोक मेलम्ची–२ वतासेकी कमला तामाङ द्वितीय र रसुवा धैवुङ–४ धारापानीकी बिन्दा विक तृतीय भइन् । [caption id="attachment_3262" align="alignnone" width="640"]mayarathun फोटो पर्यटन न्युज[/caption] १०३ धावकमध्ये २३ महिला र केही विदेशी दौडमा सहभागी भएका थिए । पुरस्कारको राशि प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार रहेको थियो ।पर्यटन न्युजमा समाचार छ दौडको वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाबाट उद्घाटन गराउने कार्यक्रम राखिएकोमा प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसक्दा स्थानीय प्रशासकको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरिएको र आफू जान नसके पनि पर्यटन व्यवसायीको समस्या केन्द्रबाटै सम्बोधन गरी अगाडि बढ्ने मन्त्रीबाट प्रतिबद्धता जाहेर भएको टानका महासचिव कर्णबहादुर लामाले बताए । पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित सगरमाथामा मानवले पाइला राखेको र टानको ३८औँ स्थापना दिवसको अवसर पारेर सम्पन्न गरिएको म्याराथन दौडका लागि प्राविधिक पक्षमा जिल्ला खेलकुद विकास समिति रसुवा, मञ्चलगायतका विविध कार्यमा हरित युवा पर्यटन विकास समाज रसुवाले सहयोग पु¥याएको बताउँदै प्रथम उपाध्यक्ष तेज गुरुङले म्याराथन दौडको कार्यक्रमले पर्यटकका लागि लाङटाङ र गोसाईंकुण्ड सुरक्षित छ भन्ने सन्देश प्रवाह भएको जानकारी दिए ।

ADVERTISEMENT