हाम्रो पात्रो विज्ञापन
अन्तरवार्ता कभर स्टोरी

एसएसपी रमेश खरेललाई ज्यानमार्ने धम्की (भिडियोसहित)

एसएसपी रमेश खरेललाई ज्यानमार्ने धम्की (भिडियोसहित)

खरेल भन्छन्, ‘कसैसंग डराउंदिन, आईजिपी हुनबाट कसैले रोक्न सक्दैन’  नेपाल प्रहरीका चर्चित एसएसपी रमेश प्रसाद खरेललाई ज्यान मार्ने धम्की आउने गरेको छ । नेपाल आजसंगको अन्तरवार्ताका क्रममा उनले आफुलाई मार्ने धम्की आएको खुलाएका हुन् । उनले भने,‘म कसैसंग डराउदिन ।

म र मेरो संगठन अपराधीसंग मुकाविला गर्न सक्षम छ । परिवारमा पनि भनेको छैन । पहिलो पटक भन्दैछु, मलाई ज्यानमार्ने धम्की आउने गरेको छ ।’ उनलाई विदेशमा बस्ने नेपालीबाट मार्ने धम्की आएको हो । धम्काउने व्यक्तिको पहिचान भइसकेको छ ।

नेपाल आजसंगको सनसनीपूर्ण अन्तरवार्ताका क्रममा उनले आफुलाई प्रहरी प्रमुख बन्न नदिन धेरैतिरबाट प्रयास भइरहेको प्रष्ट पारे । आफ्नो योग्यता, इमान्दारिता र लगनका कारण आइजिपी बनेरै छाड्ने उनको दाबी छ । उनले भने, ‘ म आईजिपी भएरै छाड्छु ।’

प्रहरीभित्र सरुवा र बढुवाका लागि अहिलेपनि घुसघोरी चलिरहेको उनको भनाइ छ । यसअघि डिआइजी बढुवाका लागि ब्रिफकेस लिएर हिड्ने गरिएको अभिव्यक्ति दिएका खरेलले आफ्नो सो अभिव्यक्ति पूर्णरुपमा सत्य रहेको दोहोराएका छन् ।

अन्तरवार्ताका क्रममा उनले आफुलाई आउने धम्की, प्रहरीभित्र भएका राजनीतिक हस्तक्षेप र घुसघोरी, आफ्नी श्रीमतीलाई सुराकी बनाएको सन्र्दभ, तत्कालिन गृहमन्त्री बामदेब गौतमसंगको सम्बन्ध, राजनीतितर्फको सम्भावनाका बारेमा खुलेर कुरा गरेका छन् ।

शान्ति मिसनमा एक वर्षका लागि सुडान जान लागेका खरेलले उनकै शब्दमा कसैसंग व्यक्त नगरिएका सन्र्दभपनि यो अन्र्तवार्ताका क्रममा व्यक्त गरेका छन् । उनीसंगको पूरा अन्तरवार्ता तलको लिंकमा क्लिक गरि हेर्न सक्नुहुन्छ । सम्पादक

Corruption in Nepal Nepal Police Ramesh Prasad Kharel Security
ADVERTISEMENT