समाचार

उद्योगी केडिया मुक्त भारतिय अपराधिको योजना विफल

उद्योगी केडिया मुक्त भारतिय अपराधिको योजना विफल
Cjm5pr9UYAEnc9G काठमाडौं, जेठ १७  हत्या अभियोगमा भागेर नेपाल आई लुकेर बसेका बेला पक्राउ परेपछि भारत पुर्याइएका कुख्यात भारतीय अपराधी बब्लु दुवेको योजनामा उद्योयी सुरेश केडियाको अपहरण भएको खुलेको छ । कारागारमा रहेका बब्लुले भारत र नेपालमा रहेका सहयोगी परिचालन गरेर केडियाको अपहरण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । हतियारसहित नेपाल आएका भारतीय आपराधिक समुहले बिहिबार बाराको बरियापुरबाट केडियालाई अपहरण गरेका थिए । अपहरणका लागि बब्लुले आफ्नो भाईको संयोजनमा नेपाल र भारतीय सहयोगीलाई परिचालन गरेको खुल्न आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । अपहरणमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले रञ्जन झालाई पक्राउ गरेको छ । भारतीय प्रहरीका अनुसार एक दिनअघि अपहरणमा प्रयोग भएको गाडी फेला परेको थियो । लगत्तै गाडीका चालकलाई प्रहरीले समातेपछि प्रहरी अपहरणकारीसम्म पुगेर केडियालाई छुटाउन सफल भएको थियो । कान्तिपुर दैनिकबाट

Suresh Kediya