अपराध सुरक्षा समाचार

कसले हान्यो दीपेन्द्रलाई गोली ?

कसले हान्यो दीपेन्द्रलाई गोली ?
दरबार हत्या काण्डको घटनामा गोली चलाउने दीपेन्द्र बाहेक अरु कोही नदेखेको बयान घटनाका प्रत्यक्षदर्शी एवं घाइतेहरुले नारायणहिटी राजदरबारकाे २०५८ जेठ १९ काे घटना सम्बन्धमा तथ्य जाहेर गर्न गठित उच्चस्तरीय समितिलाई दिएका छन् । dipendra पूर्व राजा, पारस, कुमार गोरखशमशेर, डा. राजीव शाही लगायतले समितिलाई दिएको बयान र सञ्चार माध्यममा पनि यस्तै धारणा व्यक्त गरेका छन् । दीपेन्द्रमाथि गोली प्रहार भएको देख्ने व्यक्ति अहिलेसम्म सार्वजनिक भएको छैन । युवराज दीपेन्द्र माथि कसले गोली चलायो भन्ने चाहिँ सबैको कौतूहल मात्रै होइन, रहस्यकै विषय बनेको छ । समितिले दीपन्द्र आफैले आफैलाई गोली हानेको भरपर्दाे तथ्य पनि दिन सकेको छैन । अन्तिममा दीपेन्द्रले बोकेको बन्दुकले आफूतिर फर्काएर गोली चलाउन सकिनेमा सुरक्षा तथा हतियार मामिलाका विशेषज्ञहरु पनि सहमत छैनन् । बरु दीपेन्द्रलाई नियन्त्रणमा लिई थप क्षति हुन नदिने उद्देश्यले नै भए पनि सुरक्षाकर्मीमध्येबाट कसैले गोली चलाएको हुन सक्ने अनुमान एकथरीको छ । नेपाल साप्ताहिकबाट ।

Death Deependra Narayanhiti