समाचार

अपहरित केडिया मुक्त भारतबाट नेपाल ल्याइदैं

अपहरित केडिया मुक्त भारतबाट नेपाल ल्याइदैं
Cjm5pr9UYAEnc9G काठमाडौं जेठ १६ । जेठ १३ गते साँझ बाराबाट अपहरणमा परेका केडिया अर्गनाइजेशनका सदस्य सुरेश केडियालाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टोलीले भारतको मोतिहारीबाट सकुशल अपहरण मुक्त गरेको छ । व्यापारिक कामले बाराको वरियारपुर गएका खाद्य उद्योगका सञ्चालक तथा केडिया अर्गनाइजेशनका सदस्य सुरेश साँझ फर्किने क्रममा पसाहा पुल नजिकबाट बिहीबार साँझ अपहरणमा परेका थिए । उनी सवार बा १० च ७२४० नम्बरको गाडी रोकेर चालक श्याम उनेश कानुमाथि गोली प्रहार गरेका थिए । प्रहरी उच्च स्रोतका अनुसार उनको अपहरणमा संलग्न एकजनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ भने दुईजना फरार भएका छन् । स्रोतका अनुसार यो अपहरण बिहारको निकै कुख्यात मानिएको समुहबाट गराइएको थियो ।

Kedia