समाचार

कलाकर्मीलाई सरकारको सम्मान

कलाकर्मीलाई सरकारको सम्मान
REKHA-THAPA-BEAUTY काठमाडौं जेठ १६ । सरकारले गणतन्त्र दिवसमा सरकारले ५ जना फिल्मकर्मीहरुलाई सरकारी मानपदवीले सम्मान गर्ने घोषणा गरेको छ । सरकारले उनीहरूलाई प्रवल जनसेवा श्री दिने घोषणा गरेको हो। यसरी सम्मानित हुनेमा अभिनेत्री रेखा थापा, सिताराम कट्टेल  धुर्मुस , उनको श्रीमती कुञ्जना घिमिरे सुन्तली , हास्य कलाकार वील्सन विक्रम राई र निर्देशक दयाराम दाहाल रहेका छन् । यसैगरी सरकारले गीतकार एवम् उन्नती बोहरा शिलालाई सुप्रवल जनसेवा श्री दिनेभएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सो घोषणा गरेको थियो । सम्मानित हुने फिल्मकर्मी एवम् गीतकारलाई नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मान प्रदान गर्ने्छिन् ।

Government