समाचार

शहिद परिवार आशुँको आहालमा, गणतन्त्र बिरोधी सरकारमा

शहिद परिवार आशुँको आहालमा, गणतन्त्र बिरोधी सरकारमा

सागर बुढाथोकी

२०६२ र ६३ को आन्दोलनमा बर्तमान सरकारको उपप्रधानमन्त्री कमल थापा गृहमन्त्री थिए । आन्दोलन दबाउन उनको महत्वपुर्ण भुमिका थियो । दुर्जकुमार राईलाई नचिन्ने कमै होलान् । उनको नामै काफी छ । धेरैले उनलाई दोस्रो जनआन्दोलन ६२ र ६३ मा सर्वसाधारणलाई गोली चलाउने प्रहरी अधिकृत भनेर चिन्छन् । त्यतिबेला उनले पेस्तोल ताकेर गोली चलाएको तस्वीर ‘भाइरल’ बनेको थियो । हाल उनी शशस्त्र प्रहरीका आई जी पी छन । त्यती बेला उनले धेरै जनालाई गोली ठोकेर शहिद बनाएका थिए ।

देशमा गणतन्त्र आएको ११ बर्ष बितिसक्यो । यो बिचमा देशमा बिभिन्न राजनितिक दलका सरकार आए गए । तर शहिदको सपना अझै साकार भएको छैन । शहिद परिवार भन्छन अझै साकार हुने छाट छैन ।

के भन्छन शहिद परिवार

काभ्रेका शहिद भिमसेन दहालका छोरा दिनेश दहाल राज्यले शहिद परिवारलाई उपेक्षा गरेको बताउछन । उनी भन्छन “दुख लाग्छ हाम्रो देशमा परिवारको सम्मान छैन । आन्दोलनमा बुवा बित्नु भो, त्यसपछि कमाउने कोही छैन, ममीले सानो तिनो काम गरेर पढाउदै हुनुहुन्छ । कष्ट संग जिवन बिताउदै छौँ ।”

[caption id="attachment_3049" align="aligncenter" width="750"]nabina lama 2 सहिद सगुन ताम्राकारकी हजुरआमा फोटोः गगन थापा –नेपाल आज[/caption]

अर्का शहिद बिष्णु बहादुर कुवरका बुवा शिवहरी कुबर भन्छन “ देशमा गणतन्त्र आएको धेरै पछि संबिधान आएको छ । त्यो कार्यन्वयन भएमा शहिद परिवारलाई सच्चा श्रद्धान्जली हुने थियो । ” आफ्नो छोरो जस्तो हजारौले देशको लागी ज्यान आहुती दिए , देशमा शान्ती आहोस र बिकास होस् भनेर तर देशको हालत यस्तै हो भने शहिदको श्रापले नेताहरुलाई पिरोल्ने छ । २० बर्ष को छोरोको छातीमा गोली लागेर मर्दा हाम्रो बेहाल भाको छ, तर यो कुरा नेताहरुले कहिल्लै फिल गर्दैनन ।

[caption id="attachment_3051" align="aligncenter" width="750"]nabina lama 4 सहिद विष्णुबहादुर कुवँरीकी आमा फोटोः गगन थापा –नेपाल आज[/caption]

शिबहरी कुबरका आमा तेजकुमारी कुबर जुन सरकार आएपनी सरकारले आशा मात्र देखाएको गुनासो गर्छिन । उनी भन्छिन “ यो गर्छु र त्यो गर्छु भन्छन तर गर्ने केही होईन ” अर्का शहिद परिवारको सदस्य आशामाया ताम्राकार आफ्नो नाती सहिद हुदाँ आफ्नो सहारा गुमेको बताउछिन । भक्कानिदै उनी भन्छिन “ नाती मेरो सहारा थियो तर आन्दोलनमा मारियो । उनी भन्छिन जुनसुकै सरकार नी निर्दयी हुदो रैछ ”

[caption id="attachment_3052" align="aligncenter" width="358"]nabina lama 5 सहिद विष्णुबहादुर कुवँरीका बुबा फोटोः गगन थापा –नेपाल आज[/caption]

के चाहन्छन शहिद परिवार

लामो समयसम्म केही सहयोग नपाउदाँ निराश बनेका शहिद परिवारहरु भन्छन “आफ्नो पविारको सक्रिय सदस्य गुमाउदा जिवन धान्न गाहेँ छ । सरकारले रोजगार, शिक्षा, उपचार को ब्याबस्था गर्नु पर्यो  ।” उनीहरु थप्छन “ शहिद परिवारलाई सहयोग गर्दैमा राज्य गरिब हुदैन । शहिद परिवारको सम्मान गरे मात्र शहिदको पबित्र सम्मान हुनेछ ।”

Ganatantra Diwas