खेल समाचार

सनराइजर्स फाइनलमा पुग्यो

सनराइजर्स फाइनलमा पुग्यो
55118 जेठ १५, इण्डियन प्रिमियर लिग आइपिएल मा गुजरात लायन्सलाई ४ विकेटले हराउंदै सनराइजर्स हैदराबाद फाइनलमा प्रवेश गरेको छ । गएराती भएको दोस्रँे क्वालिफाइङमा हैदरवादले कप्तान डेविड वार्नरको उत्कृष्ट प्रदर्शनसंगै जित हासिल गरेको हो । पहिले ब्याटिङ गर्दै गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनाएको थियो । गुजरातका लागि एरोन फिन्चले सर्वाधिक ५० रन बनाए । जवाफी ब्याटिङमा उत्रिएको हैदराबादले कप्तान वार्नरको नटआउट ९३ रन संगै १९ दशमलव २ ओभरमा लक्ष्य प्राप्त गर्यो । वार्नर खेलको म्यान अफ द म्याच समेत चुनिए । उपाधिका लागि आइतबार बिराट कोहली नेतृत्वको रोयल च्यालेन्जर्स बेङ्लोर र वार्नर नेतृत्वको सनराइजर्स हैदरावादबीच भिडन्त हुनेछ ।