समाचार

गुगलले मनायो नेपाली गणतन्त्र दिवस

गुगलले मनायो नेपाली गणतन्त्र दिवस
google-republic-day जेठ १५ । आज गणतन्त्र दिवस । २०६५ जेठ १५ गते नेपालको जननिर्वा्चित पहिलो संविधानसभाले औपचारिक रुपमा देश गणतन्त्रमा गएको घोषणा गरेको दिन । विश्वको एक नम्बर सर्च इन्जिन गुगलले पनि नेपालको गणतन्त्र दिवसमा सम्मान व्यक्त गरेको छ । आफ्नो होमपेजमा गुगलले नेपालको राष्ट्रिय चरा डाँफे चरी राखेर सम्मान व्यक्त गरेको हो । ‘ह्याप्पी नेपाल रिपब्लिक डे २०१६ ’ लेख्दै गुगलले नेपालको राष्ट्रिय चरा डाँफे राखेको छ । क्लिक गर्दा विकिपिडियामा नेपालको सार्वजनिक विदा भनेर नेपालको गणतन्त्र दिवस बारे लेखिएको छ । गुगलले आफ्नो डुडल पेजमा नेपालको गणतन्त्र दिवसबारे लेखेको हो । यसअघि नेपालमा आएको विनाशकारी भूकम्पपछि सारा नेपालीहरुको साथमा आफूहरु रहेको बताएको थियो ।