समाचार

मनिषा हत्याको अनुसन्धान सुरु

मनिषा हत्याको अनुसन्धान सुरु

जेठ‍-१४ राष्ट्रिय फुटवलर खेलाडी विमल घर्तीमगरको १७ वर्षीय बहिनी मनिषा घर्तीमगरको रहस्यमय तरिकाले भएको हत्याको अनुसन्धान सुरु गरिएको छ । [caption id="attachment_2660" align="alignnone" width="683"] RSS[/caption]

मनिषाको शव घरमा बिहीबार एक्कासि छेदविच्छेद अवस्थामा फेला परेपछि मनिषाको हत्या भएको आशङ्कामा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीले बताए ।

प्रहरीले मनिषाको हत्या भएको हुनसक्ने र सो हत्यामा संलग्न रहेको आशङ्कामा मनिषासँग प्रेमसम्बन्ध रहेका नवलपरासी तिलकपुरका २२ वर्षीय रुद्रनारायण चौधरी (आशिष) लाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।

यता मनिषाको शवलाई शव परीक्षणका लागि काठमाडौँस्थित त्रिवि शिक्षण अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश सापकोटाका अनुसार आज शव परीक्षणको प्रतिवेदन आएपछि अनुसन्धान गर्न थप सजिलो हुनेछ ।

नवलपरासीको बर्दघाट–८ पञ्चनगर घरमा एक्लै रहेकी मनिषा बिहीबार बिहान घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । मनिषाको रहस्यमय तरिकाले हत्या भएपछि आफन्त र स्थानीयवासी शोकमा डुबेका छन् ।

मनिषा स्थानीय बर्दघाटस्थित न्युलाइफ उच्चमावि बर्दघाटमा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन् । मनिषाको हत्याको पूर्ण कारण खुल्नसकेको छैन । प्रहरीका अनुसार घटनास्थलको अव्यवस्था हेर्दा मनिषाको हत्या भएको अनुसक्ने प्रहरीलको अनुमान छ ।

विमल घर्तीमगर खेलको सिलसिलामा बेल्जियम रहेकाले र आमा काम विशेषले बुटवल गएको अवस्थामा मनिषा घरमा एक्लै रहेकी थिइन् । मनिषा एक्लै भएको मौका छोपेर हत्या गरिएको अनुमान गरिएको छ ।

आमा बिहीबार बिहान घर फर्किदा घरको ढोका खुल्लै रहेको र कोठामा हेर्दा छोरी मृत अवस्थामा देखेपछि स्थानीय बासिन्दा र प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर आएको थियो । मनिषाका दाजु विमल बेल्जियमबाट शुक्रबार काठमाडाँै आइपुगेका छन् । रासस

manishako hatyako anushandhan