समाचार

नेपालकै सर्बाधिक चर्चित बिहे जुन २ बर्षपनि टिकेन, मनिषा – सम्राट सम्बन्ध

नेपालकै सर्बाधिक चर्चित बिहे जुन २ बर्षपनि टिकेन, मनिषा – सम्राट सम्बन्ध
पाठकवृन्द, नेपालमा पनि सम्बन्ध बिच्छेद सामान्यजस्तै हुन थालेको छ । अग्नी भाकेर जीबनसाथी बनेकाहरु एकाध बर्षमै अलग हुने क्रम बढ्दो छ । सम्बन्ध बिच्छेदको क्रम बढ्दै जांदा परम्परागत पारिवारिक मान्यतापनि भत्किन थालेका छन् । जिंउनेमर्ने, संगै हिड्ने कसम खाएकाहरु आधा बाटो नहिड्दै छुट्टिनु पक्कै राम्रो होइन । तर, सम्बन्ध बिच्छेद कसैको रहर होइन । तसर्थ हामी श्रृखंलाबद्धरुपमा सम्बन्ध विच्छेदका कारण खोज्ने छौं । शुरुका केही भागमा हामीले सम्बन्ध बिच्छेद गरेका चर्चित पात्रको चर्चा गर्नेछौं । त्यसपछि ति पात्र र विज्ञसंगको जवाफ लिएर आउनेछौं । तेस्रो अध्याय मनिषा कोइराला केन्द्रीत छ । सम्पादक सम्राट दाहाल दुनियांका नजरमा अपरिचित थिए । सन् २०१० मा उनी एकाएक हिरो बने । कुनै नायकत्वबाट होइन, नायिकासंगको विहेबाट । नायिका मनिषा कोइरालासंगको विहेले उनलाई अन्तराष्ट्रियस्तरमा चिनायो । नेपालकै सर्वाधिक चर्चित विहे गर्ने अवसर पाएका थिए सम्राटले । दुनियांका संचारमाध्यममा सम्राटको विहे समाचार बन्यो । किनकी उनले दुनियांकै राम्री मध्येकी नायिकालाई सिन्दुर लगाउंदै थिए । घरव्यवहारमा व्यस्त सम्राट एकाएक समाचारमा छाए । त्यसयता उनी समाचारमा आउनेक्रम जारी छ । पछिल्लो समय फरक हिशावले । मनिषाको पूर्वपतिको रुपमा उनको चर्चा भइरहन्छ । सर्बाधिक चर्चित बिहे गरेका सम्राटको वैवाहिक जीबन सफल हुन सकेन । दुई बर्ष पुग्दा नपुग्दै सम्राट र मनिषा अलग भए । [embed]https://youtu.be/eXoZInPC8wA[/embed] अनमेल विवाह मनिषा र सम्राटको सम्बन्ध जोडिइसकेको थिएन, धेरैले उनीहरुको वैवाहिक निरन्तरतामा आंशका गर्न थालिसकेका थिए । भारतीय एक टिभी कार्यक्रममा एक ज्योतिषीले उनीहरुको सम्बन्ध कठीन रहेको सनसनीपूर्ण अभिव्यक्ति दिएका थिए । दुबैको भौतिक मिलन भएपनि आत्मिक मिलनका लागि मैदान नमिल्दो थियो । उनीहरुको पृष्ठभुमि नै बिल्कुल फरक थियो । नेपाली राजनीतिका शिखर पुरुष विपी कोइरालाकी नातिनी मनिषाको प्रारम्भिक शिक्षा भारतमै भयो । बनारसहुंदै दिल्लीबाट उनले उच्च शिक्षा हासिल गरिन् । सन् १९८९ मा नेपाली फिल्म फेरी भेटौंलाबाट चलचित्रमा डेब्यु गरिन् । सन् १९९१ मा उनले सौदागरमार्फत बलिउडमा बलियो पकड जमाइन् । उनको सौन्र्दय, प्रष्ट शैली र धमकेदार प्रस्तुतिले धरैको मन जित्यो । अ लभ स्टोरी, मुम्बई एक्सप्रेस, अग्नी साक्षी, मनजस्ता हिट चलचित्रकी नायिका मनिषाका लाखौं फ्यान थिए र छन् । उनको विवाह र प्रेमका बारेमा अनेकौं चर्चा भइरहन्थे । नाना पाटेकर, जैकी सराप, गुल्सन र्गोवरलगायतका कलाकारसंग उनको नाम जोडिन्थ्यो । उनी नेपालकै सबैभन्दा बढी ख्यातिप्राप्त व्यक्ति हुन् । तर, उनै मनिषाले नेपालमै समेत नसुनिएको नामलाई आफ्नो सम्राट बनाएकी थिइन् । सम्राट व्यवसायिक परिवारका सदस्य हुन् । अमेरिकाबाट एमविए गरेका उनी मनिषा भन्दा झण्डै सात बर्षले कान्छा छन् । सार्वजनिक जीबनप्रति खाशै रुची नरहेका सम्राटले दुनियांले चांसो राख्ने नायिकासंग बिहे गरे । एकाएक दुनियांले चिन्दा सम्राट खुशी देखिन्थे । उनको पोजले त्यस्तै संकेत गथ्र्यो । विवाह दुनियांलाई देखाउनका लागि मात्र रहेनछ, आफ्ना लागि रहेछ भन्ने सास्वत तथ्य बुझ्न उनलाई धेरै समय पर्खनै परेन । [embed]https://youtu.be/G5oXt4an66o[/embed] [embed]https://youtu.be/10llfcOVZWI[/embed] कस्तो थियो वैवाहिक माहोल मनिषाको विवाह नेपाली र भारतीय संचार माध्यमका लागि खुराक थियो । त्यसैले संचारमाध्यमको हानथाप थियो वैवाहिक समारोह वरिपरि । करोडौंका लागि उनको विवाह रुचीको विषय थियो । सुन्दर नायिकाको विवाहको बारेमा रुची नहुने कुरै भएन । उनको विवाहमा नेपालका प्रतिष्ठित व्यक्ति तथा भारतका चर्चित कलाकार सहभागी थिए । बरबधु पक्षका आफन्त त हुने नै भए । विवाह पूर्णरुपमा परम्परागत थियो । विवाह र पार्टी भव्य थियो । हनिमुनका लागि मनिषा र सम्राट फिनल्याण्ड पुगेका थिए । हनिमुनको हनि धेरै समय रहन पाएन । लोभलाग्दो यो जाडी जिन्दगीको हलमा दुई बर्षभन्दा बढी नारिन सकेन । [embed]https://youtu.be/zLQVG4-9tNs[/embed] [embed]https://youtu.be/UKSmHvjK55k[/embed] बिबाह बारे मनिषा मनिषालाई चाहने लाखौं थिए । तर, बाजी मारे सम्राटले । लाखौंलाई उछिनेर मनिषालाई पाएपनि सम्राटले मनिषालाई खुशी राख्न सकेनन् । विहे भएको ६ महिना नबित्दै मनिषाले वैवाहिक जीबनप्रति तिक्तता व्यक्त गरिसकेकी थिइन् । विवाहलाई अति महत्व दिइने गरेकोप्रति उनको वितृष्णा झल्कन्थ्यो । त्यसको केही समयपछि उनले मेरो श्रीमान् मेरो दुस्मन भनि लेखेको स्टाटसलाई भारतीय संचारमाध्यमले सनसनीपूर्ण समाचार बनाएका थिए । खाशमा कोइराला र दाहाल परिवारको पूरानो चिनजान हो । भारतमा रहदै आएकी छोरीको उमेर ढल्कदै थियो । सबैले उनलाई कहिले विहे गर्ने भन्दै दबाब दिन थाले । मनिषाले एक टेलिभिजन अन्र्तवार्तामा पारिवारिक कारणले गर्दा आफु विवाहका लागि मञ्जुर भएको बताएकी छिन् । उनले सम्बन्ध विच्छेदको कारण प्रष्ट गरिसकेकी छैनन् । तर, दुबैलाई आफुहरुको जिन्दगी संगै चल्दैन भन्ने महशुश भएपछि सम्बन्ध विच्छेद गरिएको उनी बताउछिन् । मनले जे ठीक भन्यो त्यहीं गरेको उनको प्रष्टिकरण छ । आफुले सम्राटको परिवारमा सम्मानित जीबन जिउंन पाएपनि संगै बस्न नसकेको उनको भनाइ छ । [embed][/embed] मनिषालाई विहे गरेकोमा कुनै पश्चताप छैन । गर्व गर्न नसकेपनि एउटा पाठका रुपमा उनले विवाहलाई लिएकी छन् । धेरै कुरा सिक्ने अवसर विवाहपछिका घटनाले दिएको उनको अनुभव छ । उनी मनले जे भन्छ त्यहीं गर्नुपर्नेमा जोड दिन्छिन् । अर्काको लहैलहैमा विहे गर्न नहुंने उनको सुझाव छ । [embed][/embed] पुर्नविवाहका बारेमा मनिषा मनिषाले सार्वजनिकरुपमै भनिसकेकी छन्, ‘पुर्नविवाह बारे कुनै सोच बनिसकेको छैन ।’ उनको जीबनमा विवाहपछि दुईवटा ठूला घटना भए । पहिलो सम्बन्ध बिच्छेद । दोस्रो पाठेघरको क्यान्सर । सम्बन्ध बिच्छेदलगत्तै उनमा क्यान्सर देखियो । दुई बर्षको कठीन संर्घषपछि उनी क्यान्सर मुक्त भइन् । २ मे, २०१५ मा उनी क्यान्सर मुक्त भएको रिपोर्ट देखियो । पुर्नजीबन प्राप्त गरेकी मनिषाले पुर्नविवाह गर्लिन नगर्लिन ? एकीन छैन । तर, उनी आमा भने बन्न चाहन्छिन् । त्यसका लागि उनले धर्मपुत्र र धर्मपुत्रीका बारेमा सोचिरहेको बताइन्छ । मनिषा अहिले चलचित्रमा बोल्ड कमव्याकका लागि प्रयासरत छन् । सम्बन्ध विच्छेदपछि उनको बसाइ भारतमै बढी हुने गरेको छ । सम्राट व्यवसायको दुनियांमा रम्दैछन् । केही समय पहिले उनी कोरिया हानिएका थिए । दुबैको जिन्दगी बिल्कुल फरक शैलीमा चल्दैछ जसरी विवाह अघि चलिरहेको थियो । चुच्चे ढुंगो उही टुंगो उखान त्यत्तिकै बनेको रहेनछ । नतोडिएसम्म सम्बन्ध कांचजस्तै टलक्क टल्किने गर्दछ । तर, हरेक सम्बन्ध जोखिममा हुन्छ कांचजस्तै । जुनसुकै बेला टुक्राटुक्रा भइहाल्न सक्छ । कांचको दुनियांकी ‘खुबसुरद हिरोइन’ मनिषाको विवाह र सम्बन्ध विच्छेदले यसै भन्दैन र ? (अर्को अध्यायमा हामी सम्बन्ध बिच्छेदको अर्को कथा लिएर आउनेछौं । सम्बन्धित पात्र र विज्ञको टिप्पणीसहितको अर्को श्रृखंला छंदैछ ।)

bollyowood divorce kollywood manisha koirala marriage nepali actress