समाचार

कर्णेल थापा निर्दोष

कर्णेल थापा निर्दोष
Prem Prakash Thapa काठमाडौं, जेठ १४  नक्कली प्रमाण पत्र पेस गरेको आरोप लगाउदै बर्खास्तगीमा परेका नेपाली सेनाका उपरथी प्रेमप्रकाश थापा मगर निर्दोष सावित भएका छन् । विशेष सैनिक अदालतले बिहीबार थापा निर्दोष गरेको निर्णय सुनाएको छ । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्सेर राणाको पालामा २०७० साल कात्तिक २७ गते नक्कली प्रमाण पत्रमा संलग्न भएको अरोप लगाउँदै बर्खास्त गरिएको थियो । त्यस लगतै थापाले आफू निर्दोष रहेको बताउदै विशेष सैनिक अदालतमा मुद्दा दायर गरेका थिए । ३० महिनापछि मै निर्दोष छु भन्ने सावित गर्न सके, थापाले भने मैले कहिले पनि गलत काम गरेको छैन र गर्दिन पनि । उनले आफूले न्याय पाएको पनि बताए । आजको कान्तिपुरमा खवर छ ।