समाचार

रामेछापमा जिप दुर्घटना ५ काे मृत्यु ८ जना गम्भीर घाइते

रामेछापमा जिप दुर्घटना ५ काे मृत्यु ८ जना गम्भीर घाइते
रामेछाप ,१३, जेठ , रामेछापको ओखे्रनीमा बलेरो जिप दुर्घटना हुंदा ५ जनाको मृत्यु भएको छ भने ८ जना गम्भीर ङाइते भएका छन  ।रामेछाप नगरपालिका वडा नम्बर १ स्थित ओख्रेनीमा ना–१ ज ४१६१ नम्बरको जिप दुर्घटना हुंदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन् । जिप दुर्घटनामा परी हिमगंगा गाविस ७ की २१ वर्षीया पुष्पा मगर, वडा नम्बर १ का १५ वर्षीय नवराज मगर, हिमगंगा २ की २७ वर्षीया जेनीमायाँ तामाङ, ३५ वर्षीया लालकुमारी तामाङ र ५४ वर्षीय एकबहादुर आले रहेका छन् । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट हिमगंगा गाविसतर्फ जांदै गरेको जिप सडकबाट तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।।।