समाचार समाज

मनिषाको मृत्यु झन रहस्यमयी बन्दै

मनिषाको मृत्यु झन रहस्यमयी बन्दै
  जेठ १३- घटनामा संलग्न भएको आशंका पक्राउ परेका १७ वर्षीया आशिष चौधरी विमलकै सहपाठी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । manisa आशिष र मनिषाबीच नजिककोे सम्बन्ध रहेको र त्यसैले यो विकराल घटना घटेनकोे हुन सक्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताए । घटना हुनुभन्दा एकदिन अगाडि मनिषालाई फोनमा धम्की आएको अनुसन्धानमा खटिएका अधिकारीले बताए । यो घटनामा अन्य व्यक्तिहरुको हात रहेको आशंका गर्दै प्रहरीले अर्का एक माथि निगरानी गर्दै छानविन गरिरहेको छ । विमलकी बहिनी मनिषा गए राति आफ्नै घरमा मृत भेटिएकी थिइन् । आमा बुटवल र विमल बेल्जियम गएकाले मनिषा घरमा एक्लै थिइन् । विहान घर आएकी आमाले छोरी मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेकी थिइन् । पोस्टमार्टम रोकियो नवलपरासी प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले मनिषाको शवको पोस्टमार्टम अहिलेसम्म नगरिएको जानकारी दिए । पोस्टमार्टमका लागि भन्दै परासीस्थित शवलाई जिल्ला अस्पताल पुगाएपनि अहिलेसम्म पोस्टमार्टम सुरु हुन नसकेको हो । एसपी चौधरीका अनुसार मृत्यु निकै रहस्मयी भएकाले पोस्टमार्टमका लागि शवलाई काठमाडौं पठाउने तयारी भइरहेको छ । जसका बारेमा जिल्लाका प्रमुख निकायहरुबीच छलफल भइरहेको छ । पछिल्लो विवरण अनुसार मनिषाको शवलाई पोस्टमार्टमका लागि टिचिङ हस्पिटल पठाउने निश्चित भएको छ । उपचारको क्रममा बेल्जियम पुगेका बिमल शुक्रबार फर्किने भएका छन ।