समाचार

बलेरो जिप दुर्घटना ४ को मृत्यू ६ जना गम्भिर घाइते

बलेरो जिप दुर्घटना ४ को मृत्यू ६ जना गम्भिर घाइते
मन्थली १३ जेठ रामेछाप जिल्लाको रामेछाप नगरपालिका स्थीत  ओख्रेनी मा विपि यातायातको बलेरो बिहिवार दिउसो दुर्घटना हुँदा ४ जनाको घटना स्थलमै मृत्यू भएको छ भने ६ जना गम्भीर घाइते भएका छन । स्थानीय भिम बहादुर तमा्ङ का अनुसार सो गाडि सडक बाट करिब ३ सय मिटर तल खसेको छ । बबबब रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार बाट हिमगंगा गाविस तर्फ जादै गरेको उक्त बलेरोभित्र च्यापिएर अरुको पनि मृत्यु भएको हुनसक्ने आसंका ब्यक्त गरिएको छ । गाडि भिरमा रहेकोले उद्धार कार्य गर्न कठिनाइ भइरहेको बताइएको छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक मख्खन कुमार यादवबको नेतृत्वमा गएको सुरक्षा कर्मीहरुको टोली नेपाली सेना र स्थानीय हरुले उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । मृत्युहुनेहरुको सनाखत हुन सकेको छैन भने बृस्तृत विवरण आउन बाकि रहेको छ ।