समाचार

किन गरे यातायात व्यावसायीले बन्द, कति छ जरिवाना (सुची सहित)

किन गरे यातायात व्यावसायीले बन्द, कति छ जरिवाना (सुची सहित)
सागर बुढाथोकी जेठ १३, जरिवाना शुल्क बृद्धि गरिएको विरोधमा सार्वजनिक यातायात चलाइएको छैन । यातायात व्यवसायी सम्बद्ध विभिन्न संगठनले सवारी साधन नगुडाउने निर्णय गरेका हुन् । सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । निजी गाडी, ट्याक्सी र मोटरसाइकल गुडिरहेका छन् । विरोधकर्ताले ट्याक्सीलाई ठाऊंठाऊंमा निशाना बनाएका छन् । माग पुरा नभए जेठ १४ मा पुन बैठक बसेर अनिश्चितकालिन बन्द गर्ने यातायात ब्याबसायी महासंघका महासचिब सरोज सिटौलाले चेतावनी दिए । कहिले भयो शुल्क बृदि नेपाल राजपत्रमा २०७२ असोज १४ गते प्रकाशित भाग २ , खण्ड ६५ अन्तराष्ट्रिय कानुनको १५ घ बमोजिजम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को १६४ मा रहेका “पच्चीस रुपैयाँ देखी पचास रुपैयाँ सम्म “पचास रुपैयाँ देखी एकसय रुपैयाँसम्म“ र “एकसय रुपैयाँ देखी दुईसय रुपैयाँ सम्म “ भन्ने शब्दहरुको सट्टा क्रमश “पाँचसय रुपैयाँ “एक हजार रुपैयाँ र “एकहजार पाँचसय रुपैया“ भन्ने शब्दहरु राखी संशोधन भएको थियो । उक्त नियम ट्राफिक प्रहरीले २०७३ साल बैसाख १९ गते बाट कार्यन्वयन गरेको थियो । banda-road-kathmandu १ हजार जरिवाना हुने कसुरहरु (ट्राफिक मार्फत) सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी चलाएको । सार्बजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा । दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुर्याएको  वा सम्र्पकमा नआएको । सवारी चालक अनुमती पत्र प्राप्त नगरेको ब्याक्तिलाई सवारी चलाउन नदिएमा । १५ सय भन्दा बढी जरिवाना लाग्ने कसुरहरु –(यातायात मार्फत) निर्धारित भाडा भन्दा बढी बढी भाडा लिई सवारी चलाएको । बाटो ईजाजत पत्र नलिई सार्बजानिक सबारी चलाएको । सवारीको स्बरुप परिबर्तन गरेर चलाएको । बास्तबिक नम्बर प्लेट नराखी आफुखुसी नम्बर राखी सवारी चलाएमा । कसले गर्यो  बन्द सरकारले ट्राफिक नियम उल्लंघनका घटनामा बृद्धि गरेको दण्ड शुल्कको विरुद्ध यातायात ब्यवसायी र मजदुर आवद्ध ८ वटा संगठनहरुले संयूक्त रुपमा आन्दोलनको घोषणा गरेका छन्। नेपाल यातायात ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात ब्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी ब्यवसायी महासंघ, ढुवानी ब्यवसायी महासंघ नेपाल, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघ। के भन्छ ट्राफिक प्रहरी महानगरीय ट्रापिक प्रहरी प्रबक्ता लोकेन्द्र बहादुर मल्ल यातायात व्यावसायीहरुले कानुन नै मान्दैनौ भन्नु लापरबाही भएको बताउछन । उनी भन्छन “ राज्यले तोकेको कानुन सबैले पालना गर्नुपर्छ, हामीले कानुन कार्यन्वयन गराउने मात्र हो त्यसमा उनीहरु –(यातायात व्यावसायीहरु) मन लाग्दी गर्छन भने त्यसमा हाम्रो गल्ती छैन ।”

nepal banda yatayat