समाचार

सरकारले संसदमा बजेट पेश गर्दै

सरकारले संसदमा बजेट पेश गर्दै
काठमाडाैँ ,१३ ,जेठ सरकारले आर्थिक वर्ष २०७३–०७४ का लागि आगामी शनिबार संसदमा बजेट पेश गर्ने भएको छ । आज बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले अर्थमन्त्रालयको पत्र पढेर सुनाउंदै शनिबार सरकारले बजेट पेश गर्ने जानकारी दिएकी छिन  । बजेट शनिबार दिउसो चार बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट पेश गर्नु हुने छ । संविधान अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संसदमा बजेट पेश गर्नुपर्ने छ । त्यसअघि बिहिवार बसेको संसदको बैठकमा अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको समग्र आर्थिक स्थितिको मूल्याङ्कनसहित आर्थिक सर्वेक्षण संसदमा पेश गर्नु भएका छन । संसदको अर्को बैठक शुक्रबार दिउसो २ बजे बस्ने छ ।