समाचार

इच्छुककाे हत्यारालाई कार्वाहीको माग

इच्छुककाे हत्यारालाई कार्वाहीको माग
काठमाडौँ १३ जेठ। पत्रकार कृष्ण सेन ‘इच्छुक’का हत्यारालाई कार्वाही गर्न पत्रकार संगठन र सञ्चार संस्थाका अगुवाहरुले सरकारसँग माग गरेका छन् ।इच्छुकको स्मृतिमा बिहीबार राजधानीमा आयोजित प्रभातफेरीपछि कोणसभामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले गणतन्त्रको पक्षमा बोल्ने क्रममा लेख्ने र बोल्ने क्रममा सेनको हत्या गरिएको भन्दै गणतन्त्र स्थापनापछि पनि हत्यारालाई कार्वाही नहुनु दुःखद् भएको बताए । [caption id="attachment_2337" align="alignnone" width="758"]Krishna Sen Ichhuk ko Samjhana फाेटाे गगन थापा[/caption] अध्यक्ष विष्टले नेपाली पत्रकारिता क्षेत्रले सेनलाई आदर्शको रुपमा सम्झिरहनु पर्ने बताए । उनले नेपाल पत्रकार महासंघले कृष्ण सेन स्मृति पत्रकारिता पुरस्कारको स्थापना गरेको जानकारी समेत दिए ।त्यस्तै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले कृष्ण सेनले बसिखाने वर्गको पक्षमा नभएर गरिखाने वर्गको पक्षमा कलम चलाएकै कारण हत्या भएको बताए । सेनको आदर्शलाई मननयोग्य भएको भन्दै सेनका सपनालाई साकार पार्न लाग्नुपर्ने बताए । हत्यारालाई कार्वाही गर्न नसके सेनमाथि न्याय नहुने बस्नेतको धारणा थियो । पत्रकारिता क्षेत्रमा सेन सबैका लागि आदर्श भएको बताए । कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले इच्छुकको हत्यारालाई तत्काल कारवाही गर्न माग गरेका छन् । आफ्नै पार्टीका गृहमन्त्री हुँदा समेत इच्छुकका हत्यारालाई कारवाही गर्नुको साटो बढुवा गरेर फुली थप्ने र पुरस्कृत गरेको शैलीप्रति आपत्ति प्रकट गरे । गृहमन्त्रीकै निर्देशनमा समाचार प्रकाशन गरेकै आधारमा पत्रकार चन्द्रमान श्रेष्ठलाई गिरिफ्तार गरिएको भन्दै राज्यको ज्यादति स्वतन्त्र पत्रकारिता जगतको निम्ति सह्य हुन नसक्ने बताए । आचार्यले भने ‘गृहमन्त्रीकै निर्देशनमा श्रमजीवि पत्रकार पक्राउ गरिनुले पूर्ण प्रेस स्वतन्त्रको उपेक्षा भएको छ ।’ क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउनेले पत्रकार कृष्ण सेन ‘इच्छुक’लाई नेपाली पत्रकारिता जगतमा आदर्शको रुपमा सम्झिरहने बताए । सेनले देखाएको बाटोमा हिड्न नयाँ पुस्ताका पत्रकारको निम्ति गौरवको विषय भएको बताए । सेनको सपनालाई पूरा गर्नु नेपाली पत्रकारिता क्षेत्रको नयाँ पुस्ताको दायित्व भएको भन्दै सेनले लिनुभएको उद्देश्य पूरा गर्न सेनको बाटो पछ्याइरहने बताए । क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाहले सेनको निडरता र निर्भिकता नयाँ पुस्ताको लागि मार्ग भएको बताए । आलोचकप्रति राज्यले सधैं प्रतिशोधको भावनाबाट व्यवहार गरिएको भन्दै प्रतिशोधले राज्यमा विद्रोहीको जन्म गराउने स्पष्ट पारेका थिए । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजकाका अध्यक्ष डण्ड गुरुङले सेनको हत्यारालाई तुरुन्त करावाही गर्नुपर्ने बताए । उनले भन ‘समाचार लेखेकै आधारमा सेनको हत्या राज्य पक्षबाट हुनु दुखद् भएको भन्दै दोषीमाथि तुरुन्त कारवाही गर्न माग गरे ।मिडिया सोसाइटीका अध्यक्ष केशब अर्यालले सेनले हत्यारालाई कारवाही गर्न राज्य पक्ष चुकेको बताए । हत्यारालाई तत्काल कारवाही गर्न माग गर्दै राज्य मौन बसे पूर्ण प्रेस स्वतन्त्रनै धरापमा पर्ने बताए । वरिष्ठ पत्रकार तथा प्रगतिवादी लेखक, साहित्यकार सेनलाई नेपाली संचार जगतले आदर्शको रुपमा सम्झिरहने बताए ।रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले वरिष्ठ पत्रकार कृष्ण सेन ‘इच्छुक’को हत्यारा सरकारी ओहादमै रहेर जागिर खाइरहँदा पनि गृहमन्त्रीले कारवाही गर्नु नसक्नुमा आश्चर्य व्यक्त गरेका छन् । ‘शक्तिबहादुर बस्नेत गृहमन्त्री हुनुहुन्छ, आजका दिनमा पत्रकार सेनका हत्यारालाई कारवाही गरेर देखाउनुपर्छ’ उनले भने ‘होइन भने हत्यारामाथि कारवाही हुनेमा नेपाली प्रेसजगतले शंका गर्नुपर्ने हुन्छ ।’पत्रकार सेनलाई तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते राजधानीबाट गिरफतार गरी प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा निर्मम यातना दिई हत्या गरिएको थियो । हत्याको पुष्टि भएको जेठ १३ गतेलाई सेन स्मृति दिवसको रुपमा मनाईँदै आएको छ ।