शेयर

ओरालो लाग्यो नेप्से

ओरालो लाग्यो नेप्से
  जेठ, १३ विहीबार नेप्से परिसूचक १६ दशमलव ७३ अङ्कले घटेको छ । पहिलो कारोबारदेखी लागेको बजार आधा घण्टाको व्यापारमा १ दशमलव १० प्रतिशतले घटेर १ हजार ५ सय ७ दशमलव ३९ विन्दुमा पुगेको छ । यस समयमा ७९ कम्पनीको रू.१९ करोड ६३ लाख बराबरको रकम कारोबार भएको छ । यस व्यापार अवधिमा सानीमा बैङ्कको संस्थापक शेयरको रू. ३ करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । त्यस्तै, बैङ्किङ समूहको परिसूचक १ दशमलव ५६ प्रतिशत, विकास बैङ्क र वीमाको शून्य दशमलव ९५ प्रतिशत र वित्त कम्पनीको शून्य दशमलव शून्य ७ प्रतिशतले घटेको छ । जलविद्युत समूहको परिसूचक शून्य दशमलव १२ प्रतिशतले बढेको छ ।