अपराध सुरक्षा

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ

दुर्लभ वन्यजन्तु रेड पाण्डाको छाला सहित एक जना पक्राउ
Red Panda जेठ १३, दुर्लभ वन्यजन्तु रेड पाण्डाको छालाको कारोवार गर्ने एक व्यक्तिलाई महानगरिय प्रहरी अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । दाङ जिल्ला तुल्सीपुर न.पा.४ बस्ने वर्ष २१ को विकास वि.कलाई पक्राउ गरी कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाण्डौं पठाईएको छ । निजलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तु ऐन अनुसार कारबाही हुने अपराध महाशाखा टेकुले जनाएको छ ।