समाचार

तीनदिने पत्रकारिता तालिम सुरु

तीनदिने पत्रकारिता तालिम सुरु

जेठ, १२, नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा आजदेखि तीनदिने विकास पत्रकारिता तालिम सुरु भएको छ ।

[caption id="attachment_2262" align="aligncenter" width="614"]news training File Photo[/caption]

सो अवसरमा पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सम्बन्धित निकायको सहयोगमा सञ्चालन हुने यस किसिमको तालिमले सञ्चारकर्मीको क्षमता अभिवृद्धि मजबुत हुने विश्वास व्यक्त गरे।

उहाँले विकास पत्रकारिताबाट आम नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउनु जरुरी रहेको बताउनुभयो । विकास पत्रकारिताको मूल ध्येय नै स्थानीय क्षेत्र भएको उहाँको भनाइ रहेको छ ।

पत्रकारिताका माध्यमले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याए पनि अब त्यसबाट आम नागरिकमा नै परिवर्तन हुनुपर्नेमा उहाँको जोड रहेको थियो । ग्रामीण क्षेत्रमा रहेका विषयवस्तुलाई राष्ट्रियस्तरमा पु¥याउनु नै विकास पत्रकारिताको भूमिका उल्लेखनीय रहने बताए  ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्माले देशको विकास निर्माण कार्यमा विकास पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्न सकिनेमा जोड दिए । उनले  पत्रकारको सही भूमिकाबाट राज्यलाई उचित बाटोमा डो¥याउन सकिने बताए।

यसैगरी स्थानीय विकास अधिकारी हरिप्रसाद दाहालले विकास निर्माण कार्य सफल बनाउन विकास पत्रकारिताको महत्व रहेकाले सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीनदिनसम्म सञ्चालन हुने तालिमका लागि आवश्यक सहयोग जिल्ला विकास समितिको रहेको छ ।

सहभागी सञ्चारकर्मीलाई पत्रकार डा महेन्द्र विष्ट, शिव गाउँले, शिरोमणि ढुङ्गाना, प्रवेश सुवेदी, श्रीराम पौडेल, गोविन्द आचार्य र अनिल थापाले प्रशिक्षण दिनेछन । तालिममा सहभागी हुन अनलाइन, छापा, टेलिभिजन, एफएम÷रेडियोमा कार्यरत ६० जना सञ्चारकर्मीको उपस्थिति रहेको छ । रासस